उत्तर कोरियाद्वारा ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण « Khabarhub

उत्तर कोरियाद्वारा ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण


११ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरेको छ । उत्तर कोरियाले शुक्रबार दुईवटा छोटो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको हो । दक्षिण कोरियाली सेनाले उत्तर कोरियाबाट प्रहार भएका दुई क्षेप्यास्त्रको पहिचान गरेको जनाएको छ ।

शुक्रबार मध्यान्ह उत्तर कोरियाको पूर्वी टोङचोन क्षेत्रबाट दुई वटा छोटो दूरीका क्षेप्यास्त्र प्रहार भएको अन्तर्राष्ट्रिय समाचार संस्था एपीले जनाएको छ । दक्षिण कोरियाली सेनाका अनुसार यी दुबै क्षेप्यास्त्रले २ हजार ४ सय मिटर उचाईमा उडान भर्दै २३० किलोमिटर दूरी पार गरेका थिए ।

दक्षिण कोरियाली सेनाले विज्ञप्ति जारी गर्दै हतियार परीक्षणलाई ‘गम्भीर उत्तेजना’ को निन्दा गरिएको जनाएको छ ।

अमेरिकी सेनाको हिन्द प्रशान्त कमाण्डले पनि उत्तर कोरियाको यस्तो गतिविधिबाट अस्थीरता उत्पन्न हुने बताएको छ । जापानको रक्षा मन्त्रालयले पनि उत्तर कोरियाबाट क्षेप्यास्त्र परीक्षण भएको पहिचान गरिएको बताउँदै विस्तृत विवरणबाट विश्लेषण भइरहेको उल्लेख गरेको छ ।

चाँडै आणविक परीक्षणको तयारी गरिरहेको आशंकाबीच उत्तर कोरियाले पछिल्लो पटक छोटो दूरीको क्षेप्यास्त्र परीक्षण गरेको हो । हालै अमेरिकाले आणविक परीक्षण गरेमा उत्तर कोरियाली सत्ताको अन्त्य हुने चेतावनी दिएको थियो ।

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार  ६ : ३१ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण