फिलिपिन्समा बाढीका कारण ४२ जनाको मृत्यु « Khabarhub

फिलिपिन्समा बाढीका कारण ४२ जनाको मृत्यु


११ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दक्षिणपूर्वी एसियाली मुलुक फिलिपिन्समा आएको बाढीका कारण ४२ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार भीषण वर्षासँगै आएको बाढीमा परी ४२ जनाको मृत्यु भएको हो ।

दक्षिणी फिलिपिन्सको मागुइन्डानाओ प्रान्तका धेरै सहरहरू बिहीबार रातभरि परेको भीषण वर्षाका कारण प्रभावित भएका छन् ।

फिलिपिन्सको बङ्सामोरो अटोनोमस रिजन इन मिन्डानाओ (बीएआरएमएम) नामक स्वशासित क्षेत्रका आन्तरिक मन्त्री नागुइब सिनारिम्बोलाई उद्धृत गर्दै रोयटर्सले जनाएअनुसार नाल्गे नामक आँधीले सो क्षेत्रमा भीषण वर्षा गराएको हो ।

सो क्षेत्रका दातु ओडिन क्षेत्रमा अझै केही मानिसहरु बेपत्ता रहेका कारण खोजी कार्यलाई निरन्तरता दिइने उनले बताए ।

यद्यपि खराब मौसमका कारण हाल भने उद्धार एवम् खोजी कार्य स्थगित गरिएको र शनिबार सबेरैबाट थालिने बताइएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार  ७ : १८ बजे

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको लाभांश घोषणा

काठमाडौं– श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीका लागि

दुबई दुर्घटनापछि आर्मेनियाले भारतसँग तेजस जेट खरिद वार्ता रोक्यो

नयाँदिल्ली- आर्मेनियाले भारतसँग गर्न लागेको तेजस फाइटर जेट खरिद वार्ता

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्य ९०० रुपैयाँले बढेको छ ।

एमाले महाधिवेशन तयारी : सचिवालय बैठक जारी (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशनको पहिलो सचिवालय बैठक बसिरहेको छ

चार महिनामा थपियो ५५ अर्ब बढी सार्वजनिक ऋण

काठमाडौं– नेपालको सार्वजनिक ऋण २७ खर्ब २९ अर्ब ४१ करोड