लमजुङमा हतियार बुझाउन अटेरी « Khabarhub

लमजुङमा हतियार बुझाउन अटेरी


११ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

लमजुङ– जिल्ला प्रशासन कार्यालय लमजुङले मंसिर ४ गतेको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी हतियार बुझाउन चेतावनी दिए पनि हतियारवालाहरूले अटेरी गरेका छन् । असोज १४ गते एक सार्वजनिक सूचना जारी गर्दै कात्तिक ५ गतेसम्म हतियार बुझाउन अल्टिमेटम दिए पनि हालसम्म ३७ वटा मात्रै हतियार बुझाएको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ ।

लमजुङमा दर्तावाला मात्रै १ हजारभन्दा बढी हतियार छन् । तर, आफूसँग भएको हतियार प्रहरी प्रशासनमा बुझाउन हतियारधनीले तत्परता देखाएका छैनन् ।प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन आफूसँग भएको हातहतियार बुझाउन प्रशासनले आग्रह गरेको थियो । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जगदिश मिश्रका अनुसार हालसम्म ३७ थान मात्रै हतियार हतियारधनीले बुझाएका छन् ।

स्थानीय तह निर्वाचनमा पनि प्रशासनले हतियार बुझाउन सूचना जारी गरेको थियो । र उक्त समयमा ३७ वटामात्रै हतियार बुझाएको मिश्रले बताए । जिल्ला प्रशासन कार्यालयले जिल्लाभित्र रहेका इजाजतप्राप्त हात हतियारहरू निर्वाचनपछि फिर्ता हुने गरी २०७९ कात्तिक ५ गतेभित्र जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी इकाइमा बुझाउन हतियार धनीहरूलाई अनुरोध गरेको थियो ।

तोकिएको समयभित्र हातहतियार नबुझाएमा कानुन बमोजिम कारबाही गरिने जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेको थियो । तर, नागरिकले भने प्रशासनको सूचनालाई अटेरी गरी हतियार बुझाएका छैनन् ।

जिल्ला प्रहरी कार्यालय लमजुङका डीएसपी प्रकाश श्रीमलले प्रशासनको सूचनालाई आधार मानी छिटोभन्दा छिटो हतियार बुझाउनुको विकल्प नरहेको बताए ।

जिल्ला प्रशासन कार्यालयका अनुसार लमजुङमा १ हजार १ सय ९ वटा दर्तावाला हतियार छन् । यसमा हावादारी बन्दुक ६ वटा छन् । बाँकी १ हजार १ सय ३ मध्ये भरुवा ६ सय १९ र बृजलोडिङ ४ सय ८४ छन् । भरुवा बन्दुक १ सय ८५ वटा नवीकरण भएका छैनन् । बृजलोडिङ १ सय २१ वटा नवीकरण भएका छैनन् । 

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार  ७ : २२ बजे

महामन्त्रीमा रञ्जित कर्ण उम्मेदवारी घोषणा

काठमाडौं– नेपाली कांग्रेसका नेता रञ्जित कर्णले महामन्त्री पदमा उम्मेदवारी घोषणा

निगमलाई नतिजामुखी बनाउन जोड : पर्यटनमन्त्री पौडेल

काठमाडौँ– नेपाल वायुसेवा निगमलाई नतिजामुखी बनाउन पूर्ण स्वायत्त रुपमा काम

विश्व लगानीकर्ता सप्ताह २०२६ को अवसरमा तीन शहरमा प्रभातफेरी

काठमाडौं- विश्व लगानीकर्ता सप्ताह २०२६ को अवसरमा नेपाल धितोपत्र बोर्डको

भूमिहीन सुकुम्बासी समस्या एक हजार दिनभित्रै समाधान हुन्छ : प्रधानमन्त्री शाह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले सात दशकदेखि अनिर्णित अवस्थामा रहेको भूमिहीन

मतदाता सूची विवादमा निर्वाचन आयोगसँग सर्वोच्चको जवाफ माग

नयाँदिल्ली- भारतको सर्वोच्च अदालतले मतदाता नामावलीको व्यापक पुनरावलोकनसम्बन्धी निर्णयबारे सरकार र