मोटरसाइकलसँग दुर्घटना हुँदा आमाको मृत्यु, छोरा घाइते « Khabarhub

 मोटरसाइकलसँग दुर्घटना हुँदा आमाको मृत्यु, छोरा घाइते


११ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

बारा– बाराको पथलैयामा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको ज्यान गएको छ । छोराले चलाएको मोटरसाइकल पछाडि सवार आमाको दुर्घटनामा ज्यान गएको र छोरा घाइते भएको प्रहरीले जनाएको छ ।

हेटौंडा १६ की ४५ वर्षकी होम थापा मगरको घटनास्थलमा नै मृत्यु भएको हो । उनको उपचारका लागि अस्पताल पुर्‍याइएको थियो । अस्पतालमा चिकित्सकले उनको मृत्यु भएको घोषणा गरेका थिए ।

मोटरसाइकल चलाएका उनका छोरा २३ वर्षका पुजन थापाको सिमरामा रहेको अल्पाइन अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले बस र बसका चालकलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार  ७ : ३५ बजे

डिजिटल स्वास्थ्य विस्तारका लागि नीतिगत पहल गर्छौँ : मन्त्री मेहता

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग डिजिटल स्वास्थ्य सेवाको

जाजरकोटमा १८८ घर पुनर्निर्माण प्रक्रिया अघि बढाइने

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका नवनियुक्त कार्यकारी

सीमा सुरक्षा थप प्रभावकारी बनाउन सरकारलाई समितिको निर्देशन

काठमाडौं– राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले सीमा