लाखौँ नगदसहित नागार्जुनबाट १८ जुवाडे पक्राउ « Khabarhub

लाखौँ नगदसहित नागार्जुनबाट १८ जुवाडे पक्राउ


११ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नागार्जुन नगरपालिका–७ स्विजरल्याण्ड पार्क नजिकै दहचोक सिटी भ्यु रिसोर्टभित्र जुवातास खेलिरहेको अवस्थामा १८ जनालाई पक्राउ गरिएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा सोही नगरपालिका–८ बस्ने ३१ वर्षीय सुरेन्द्र विष्टसहित १८ जना रहेका छन् ।

उक्त रिसोर्टमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद रु तीन लाख ८२ हजारसहित १५ बुक तास र १६ थान कौडासहित उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । गएराति भएको उक्त घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार  ८ : ०९ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु