महोत्तरीमा दुर्घटनाबाट एक महिनामा १० जनाले ज्यान गुमाए « Khabarhub

महोत्तरीमा दुर्घटनाबाट एक महिनामा १० जनाले ज्यान गुमाए


११ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – ट्राफिक प्रहरी महोत्तरीको कारबाही बढे पनि दुर्घटनामा भने न्यूनीकरण आउन सकेको छैन । साउन यता मात्र १६ जनाले ज्यान गुमाएका छन् भने ३ दर्जन भन्दा बढी दुर्घटना भएका छन् ।

विशेषगरी जिल्लाको पूर्व(पश्चिम राजमार्ग, सम्सी सडक खण्ड तथा औरही(जलेश्वर सडक खण्डमा दुर्घटना बढी हुने गरेको जिल्ला ट्राफिक कार्यालय महोत्तरीले जनाएको छ ।

ट्राफिक कार्यालय महोत्तरीको तथ्यांकअनुसार असोज महिनामा मात्र १० जनाले ज्यान गुमाए । तीव्र गति, मदिरा सेवन जस्ता दुर्घटनाका मुख्य कारक रहेको ट्राफिक कार्यालयका प्रमुख उदय सिंह सिजापति बताउँछन् ।

साउन महिनामा ३ जना र भाद्र महिनामा पनि तीन जनाले ज्यान गुमाएका छन् भने घाइते हुनेको संख्यासमेत अधिक छ ।

ज्यान गुमाउनेहरूमा दुई जना महिला बाहेक अधिकांश पुरुष छन् । असोज महिनामा मात्र दुर्घटनामा परी दुई जना महिलाको ज्यान गयो ।

दुर्घटना कै कारण २२ जना गम्भीर घाइतेसमेत भएका छन् । साउन महिनामा ७ जना, भदौ महिनामा ९ जना र असोज महिनामा ६ जना गम्भीर घाइते भएको कार्यालय प्रमुख सिजापतिको भनाइ छ ।

त्यसैगरी सामान्य घाइते हुनेको संख्यासमेत अधिक छ । विभिन्न सडक खण्डमा भएको दुर्घटनामा ३५१ जना सामान्य घाइते भएका छन् ।

यता प्रहरीले नियम उल्लंघन गर्ने सवारीसाधनलाई कारबाही प्रक्रिया समेत तीव्र बनाएको छ । तर, दुर्घटना न्यूनीकरणमा भने खासै प्रभाव परेको देखिएको छैन ।

साउनदेखि यता प्रहरीले २०४१ वटा ट्रक, २५३ वटा बस, १८९७ वटा जिप कार, २४६ वटा मोटरसाइकल, ३२९६ वटा ट्याक्टर र १६६ वटा टेम्पोलाई कारबाही गरेको छ । कारबाही परेका सवारीसाधनबाट झण्डै ५४ लाख राजस्व उठेको कार्यालय प्रमुख सिजापतिले जानकारी दिए ।

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार  ८ : २२ बजे

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन