हिँडेरै विश्वकप हेर्न कतार जाने क्रममा इरानमा स्पेनी नागरिक बेपत्ता, बन्दी बनाइएको आशंका « Khabarhub

हिँडेरै विश्वकप हेर्न कतार जाने क्रममा इरानमा स्पेनी नागरिक बेपत्ता, बन्दी बनाइएको आशंका


११ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फिफा विश्वकप हेर्नका लागि हिँडेरै आफ्नो मुलुकबाट कतार जाने क्रममा रहेका एक जना स्पेनी नागरिक इरानबाट बेपत्ता भएका छन् । उनलाई इरानमा पक्राउ गरिएको हुनसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

तीन महिनाबाट विभिन्न १५ मुलुक हुँदै हिँडेरै कतार जाने क्रममा रहेका ४१ वर्षे स्पेनी नागरिक सान्टियागो सान्चेज इरानबाट बेपत्ता भएको समाचार संस्था एपीले जनाएको छ । स्पेनको विदेश मन्त्रालयले सान्चेज इरानमा पक्राउ परेको ‘९९ प्रतिशत सम्भावना’ रहेको जानकारी दिएको उनकी आमा सेलिया कोगेदोरले बताएकी छिन् ।

उनले अन्तर्राष्ट्रिय समाचार संस्था एपीलाई आफूहरु आशावादी भएको समेत बताइन् । उनी अक्टोबर २ मा इराकबाट इरान प्रवेश गरेसँगै सम्पर्कमा नआएको उनको परिवारले जनाएको छ ।

यता इरानको कुर्दिस्तान क्षेत्रका मानव अधिकार सञ्जालले उनी कुर्दिस सहर सानन्दाजस्थित गुप्तचर मन्त्रालयको बन्दीगृहमा रहेको जनाएको छ । द नेशनल अखबारका अनुसार उक्त बन्दीगृहबाट बाहिरिएका केही व्यक्तिहरुले त्यहाँ एक जना स्पेनी नागरिक पनि रहेको बताएका थिए ।

स्पेनको विदेश मन्त्रालयले सान्चेजको अवस्थाबारे इरानस्थित स्पेनी दूतावास इरानी अधिकारीहरुसँग सम्पर्कमा रहेको जनाएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार  ९ : २७ बजे

हाङ्देवामा पशुचौपायामाथि भालुको आक्रमण

ताप्लेजुङ– जिल्लाको फुङलिङ नगरपालिका-९ हाङ्देवामा भालुले पशुचौपायामाथि आक्रमण गरी क्षति

डिजिटल पहुँच विस्तार गर्दै श्रीलङ्कामा ५–जी सेवा सुरु

कोलम्बो- श्रीलङ्काले पहिलो पटक सर्वसाधारणका लागि ५–जी मोबाइल सेवाको व्यावसायिक

सीमा विवादका कारण कम्बोडियामा जनजीवन प्रभावित : १९ जनाको मृत्यु, हजारौँ विस्थापित

न्होम्पेन– कम्बोडियामा थाइल्यान्डसँगको सीमाक्षेत्र विवाद जारी रहँदा १९ जना नागरिकको

राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट

काठमाडौं– नेपालस्थित चिनियाँ राजदूत छन् सोङले राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालसँग

बलिउड स्टार गोविन्दाले मनाए ६२औँ जन्मदिन

काठमाडौं– नाइन्टिज़का आइकनिक बलिउड स्टार गोविन्दा आज आफ्नो ६२औँ जन्मदिन