अमेरिकी चेतावनीपछि उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रक्षेपण « Khabarhub

अमेरिकी चेतावनीपछि उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रक्षेपण


११ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

सोल – उत्तर कोरियाले दुई साताको अवधिमा छोटो दूरीका दुई वटा क्षेप्यास्त्र समुद्रतर्फ प्रक्षेपण गरेको छ । आणविक हतियारको प्रयोगले प्योङयाङको शासनको अन्त्य हुने अमेरिकी सेनाको चेतावनीलाई वेवास्ता गर्दै उत्तरकोरियाले शुक्रबार ती ‘ब्यालेस्टिक मिसाइल’ प्रक्षेपण गरेको हो ।

दक्षिण कोरियाको सेनाले शुक्रबार मध्याह्न उत्तरको पूर्वी तटीय टोङगचोन क्षेत्रबाट दुई वटा क्षेप्यास्त्र प्रक्षेपण गरिएको बताएको छ । दुवै क्षेप्यास्त्र अधिकतम २४ किलोमिटर उचाइमा करिब दुई सय ३० किलोमिटर उडेका जनाएको छ । सोलले विज्ञप्ति निकालेर प्रक्षेपणको कडा शब्दमा निन्दा गरेको छ । उसले प्रक्षेपणलाई ‘गम्भीर उत्तेजना’ भन्दै त्यसले कोरियाली प्रायद्वीपको क्षेत्रीय शान्तिमा आँच पु¥याएको तथा क्षेप्यास्त्र निर्माणसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्तावको उल्लङ्घन भएको बताएको छ ।

‘यूएस इन्डो प्यासिफिक कमाण्ड’ले क्षेप्यास्त्र प्रक्षेपणबाट उत्तर कोरियाको अवैध आणविक हतियार र ‘ब्यालिस्टिक मिसाइल’ कार्यक्रमको अस्थिर प्रभाव प्रस्तुत भएको टिप्पणी गरेको छ भने जापानी रक्षा मन्त्रालयले प्रक्षेपण पत्ता लगाइएको तथा प्रयोग गरिएका क्षेप्यास्त्रका प्रकार र तिनीहरूको उडान क्षमताको विश्लेषण भइरहेको बताएको छ ।

दक्षिण कोरियाली विदेश मन्त्रालयका अनुसार सोलका शीर्ष आणविक दूतले प्रक्षेपण लगत्तै आफ्ना अमेरिकी र जापानी समकक्षसँग बेग्लाबेग्लै फोन वार्ता गरेका तथा उत्तर कोरियालाई हतियार परीक्षण रोक्न र वार्तामा फर्कन आह्वान गरेका थिए । वार्ताका क्रममा उनले त्रिपक्षीय समन्वय सुदृढ गर्न सहमत भएको जनाएका थिए ।

आगामी साता दक्षिण कोरिया र अमेरिकी वायु सेनाले बृहत्स्तरमा संयुक्त तालिम सञ्चालन गर्ने योजना बनाइरहेका बेला उत्तरकोरियाले क्षेप्यास्त्र प्रक्षेपण गरेको हो । उत्तर कोरियाले सोल र वासिङगटनको यस्तो नियमित अभ्यासलाई आफूमाथि आक्रमण गर्ने अभ्यासको रूपमा लिएको छ ।

आगामी सोमबारदेखि शुक्रबारसम्म सञ्चालन हुने ‘भिजिलेन्ट स्टर्म’ हवाई अभ्यासमा एक सय ४० दक्षिण कोरियाली युद्धक विमानहरू र एक सय अमेरिकी विमान समावेश छन् । एफ ३५ जस्ता अत्याधुनिक लडाकु विमान पनि अभ्यासमा समावेश गरिएका छन् ।

कोरियाली प्रायद्वीपमा दिगो शान्ति कायम गर्न उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण रोक्नुपर्ने तथा दक्षिणकोरियासहित उसका सहयोगी राष्ट्रले पनि उत्तेजना फैलिने गतिविधि गर्न नहुनेमा सुरक्षा विश्लेषकहरूले जोड दिएका छन् । उनीहरूले अमेरिकासहितका सहयोगीका कठोर गतिविधिले प्योङयाङलाई फेरि आणविक हतियार परीक्षणमा बाध्य बनाउन सक्ने चेतावनी दिएका छन् ।

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार  ९ : ३५ बजे

सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल सरकार बाढी प्रभावित नागरिकहरूका

भारतीय नागरिकद्वारा नेपाली सेनाको प्रशंसा, उद्धारका लागि जयशंकरले दिए धन्यवाद

काठमाडौं– नेपालमा आएको विनाशकारी बाढीपछि उद्धार तथा राहत कार्यमा नेपाली

तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव भेटिए

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि तनहुँस्थित त्रिशूली नदीमा

प्रधानमन्त्रीले भने : उद्धार, खोजी र राहत कार्यलाई तीव्र बनाएका छौं

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

एमबाप्पे बलोन डी’ओरका लागि योग्य : मउरिन्हो

काठमाडाैं – रियल म्याड्रिडका प्रशिक्षक जोसे मउरिन्होले किलियन एमबाप्पे यस