मोटरेबल पुलसँगै सुइखेत खोलाको दीर्घकालीन व्यवस्थापन गर्न माग « Khabarhub

मोटरेबल पुलसँगै सुइखेत खोलाको दीर्घकालीन व्यवस्थापन गर्न माग


११ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पोखरा महानगरपालिका–२५ का बासिन्दाले उम्मेदवारसँग मोटरेबल पुलसँगै सुइखेत खोला दीर्घकालीन व्यवस्थापनको माग गरेका छन् । कास्की निर्वाचन क्षेत्र नम्बर ३ को पोखरा–२५ हेमजामा गठबन्धन दलको सम्पर्क कार्यालयको उद्घाटनमा स्थानीयका तर्फबाट सुइखेत खोलामा मोटरेबल पुलसँगै वर्षेनी यसले गर्दै आएको कटान नियन्त्रणका लागि दीर्घकालीन योजना बनाउन माग गरिएको हो ।

गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामजीप्रसाद बराल(जीवन)ले यस क्षेत्रको विकास आफ्नो प्राथमिकतामा रहेको बताउँदै स्थानीयका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे। गण्डकी प्रदेशका अर्थमन्त्रीसमेत रहनुभएका बरालले संविधान एवं लोकतन्त्रको रक्षासँगै समृद्धि र विकासका योजनालाई साकार पार्न गठबन्धन आवश्यक भएको बताए ।

निर्वाचन क्षेत्र ३(१) का प्रदेशसभा सदस्यका उम्मेदवार दुर्गादत्त भण्डारीले प्राप्त उपलब्धिलाई संंस्थागत गर्न गठबन्धनको जित आवश्यक भएको बताउँदै राजनीतिक स्थायित्व, विकास निर्माण र रोजगारीको सृर्जनाका लागि आँफूहरूको उम्मेदवारी भएको बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य रामचन्द्र त्रिपाठी, कांग्रेसका वडा सभापति एवं निर्वाचन समितिका संयोजक मधुसुधन त्रिपाठी, माओवादी केन्द्र पोखरा–२५ का अध्यक्ष माधव अधिकारी, सचिव विष्णु बाँस्तोला लगायतले पुल, खोला नियन्त्रण लगायतमा ध्यानाकर्षण गराए ।

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार  ९ : ५३ बजे

चिनी उद्योगको जग्गामा प्रश्न उठाउनुभन्दा स्वदेशी उत्पादनमा जोड दिऔँ : मन्त्री साह

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक साहले व्यवसायको वातावरण बनाउन

मुग्लिन-मलेखु सडक धमाधम बन्दै (तस्बिरहरू)

काठमाडौं– मुग्लिन–नागढुंगा सडक आयोजनाअन्तर्गतको पश्चिम खण्ड (मुग्लिन–मलेखु) स्तरोन्नतिको काम धमाधम

प्रदेश प्रमुख भट्टसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदन पेस

गण्डकी– गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान

मन्त्रिपरिषद्का निर्णय : नर्वेबाट १० करोड अनुदानदेखि सचिवको पदस्थापनसम्म

काठमाडौँ- सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरण प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन

निर्माण क्षेत्रको मूल्य समायोजन लागू गर्ने सरकारको निर्णय, इन्धनदेखि डण्डीसम्म समेटिने

काठमाडौँ – सरकारले निर्माण क्षेत्रमा देखिएको अस्वाभाविक मूल्यवृद्धिलाई सम्बोधन गर्न