छुट्टाछुट्टै घटनामा दुईको मृत्यु | Khabarhub Khabarhub

छुट्टाछुट्टै घटनामा दुईको मृत्यु


११ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

कैलाली – कैलालीमा बाल्टिमा भरिएको पानीमा डुबेर आज एक बालकको मृत्य भएको छ । गौरीगङ्गा नगरपालीका–२ मालीका टोलका नरिबहादुर ऐरको एक वर्षीया छोरा वीरेन्द्र ऐरको आफ्नै घरको पानीको धारामा खेल्ने क्रममा बाल्टिमा भरिएको पानीमा डुबी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।

पानीमा डुबी घाइते भई बालकको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । पिकनिक खान गएका एक बालकको मछली नदीमा डुबेर मृत्यु भएको छ ।

धनगढीको सन्तोषी टोलका १६ वर्षीया आर्यन लामाको गोदावरी नगरपालिका–११ कोलमुडास्थित मछली नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रनाउ जोशीले बताए । लामालगायत ११र१२ जनाको टोली सोही ठाउँस्थित पिकनिक खान गएको र निज लामा उक्त नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भई डुबेर मृत्यु भएको बताइएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार  १० : १२ बजे

पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

भरतपुर– सुक्खा पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।

सिने ब्रिफ : कोही ‘जुठो पानी’ले नै चर्चामा, कोही फिल्म नपाएर गुमनाम

हेडलाइन…नायक जीवन लुइँटेल ६ वर्षपछि ठूलो पर्दामा कमब्याक गर्दै, अमेरिका

भियतनामकी उपराष्ट्रपति सुआन नेपाल आउँदै

काठमाडौं– समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन नेपालको

संखुवासभामा भूकम्पको धक्का

संखुवासभा– पूर्वी नेपालको संखुवासभामा भूकम्पको धक्का महसुस भएको छ ।

आज १६०औँ मोती जयन्ती मनाइँदै

काठमाडौं– राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १६०औँ जन्मजयन्ती आज देशभर