सनसनी गोल र नतिजाले रोचक कतार विश्वकप « Khabarhub

विश्वकप फूटबल

सनसनी गोल र नतिजाले रोचक कतार विश्वकप

कतार र क्यानडा बाहिरिदा कुन टिम कति सुरक्षित ?


१२ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – समूह चरणका खेल चलिरहदा कतार विश्वकप रोचक बनिरहेको छ । औषत सोचिएका टिमले पनि अब्बल र सनसनी गोल गरेर अविश्वसनीय प्रदर्शन गर्दा कतार विश्वकपमा रोचकता थपिएको हो ।

समूह चरणमा दोस्रो चरणका खेल चलिरहदा आइतबार राती जर्मनी र स्पेनले बराबरी खेलेका छन् । तर त्यो भन्दा मोरक्कोले बेल्जियमलाई स्तब्ध पारेको छ । बेल्जियम त्यही टिम हो, जसले गएको विश्वकपमा ब्राजिलजस्तो शक्तिशाली टिमलाई क्वाटरफाइनलबाटै घर फर्काएको थियो ।

आफ्नो पुस्ताको सुनौलो टिम भएपनि अहिले ती खेलाडी बुढा भएका कारण बेल्जियम यसपटक उपाधि दाबेदार पनि मानिएको छैन् । यो सत्य बेल्जियमकै प्लेमेकर केभिन डी ब्रुयनीले भनेका छन् ।

म्यान्चेष्टर सिटीका उम्दा मिडफिल्डर ब्रुएनीले भनेजस्तै अहिले बेल्जियम समूहचरणमै २–० गोलको हार व्यहोर्न बाध्य छ । यो अवस्थाले बेल्जियम अन्तिम १६ मा पुग्छ वा पुग्दैन केही भन्न सकिने अवस्था छैन । उसले पहिलो खेलमा क्यानडालाई हराएको थियो ।

अर्को खेलमा क्रोएसियाले ४–१ गोलले हराउँदै क्यानडालाई घर पठाएको छ । जारी विश्वकपमा समूहचरणबाटै बाहिरिने दोस्रो टिमका रुपमा क्यानडा बनेको छ । बेल्जियम र क्रोएसियासँग हारेपछि बाहिरिएको क्यानडा अब घर फर्किने पक्का छ ।

यसअघि आयोजक कतार सूरुमै दुई हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरिएको थियो । अब यो समूहबाट क्रोएसिया, मोरक्को र बेल्जियममध्ये एक टिम अन्तिम १६ मा पुग्नेछन् । अन्तिम खेलमा कसको भाग्य कता चम्किन्छ ? यसै भन्न सकिन्न ।

यसअघि पहिलो खेलमा जर्मनीलाई हराएर सनसनी मच्चाएको जापान भने कोष्टारिकासँग हारेको छ । आइतबार नै भएको खेलमा जापान कोष्टारिकासँग हार्दा १–० गोलको नतिजा व्यहोर्यो । जबकी जापानले पहिलो खेलमा जर्मनीलाई हराउँदा सनसनी मच्चाएको थियो ।

जापानको हारले जर्मनीलाई राहत भएको छ । उसले गएराती स्पेनसँग बराबरी खेलेपछि अन्तिम १६ मा पुग्ने सम्भावना जिवितै राखेको छ । अब जापानले अन्तिम खेलमा स्पेनसँग र जर्मनीले कोष्टारिकासँग खेल्नेछन् ।

जर्मनीले अन्तिम खेलमा कोष्टारिकालाई कम्तीमा पनि ३–० गोल अन्तरले पराजित गर्नुपर्नेछ । तर जापानले स्पेनसँग बराबरी खेलेमा मात्रै पनि जर्मनीको जितले जापानलाई अन्तिम १६ मा पुग्नबाट रोक्ने छैन । जापान स्पेनसँग पराजित भएपनि यदि जर्मनी बराबरीमा रोकिएमा जापानलाई नै फाइदा हुनेछ ।

जापानको हार र जर्मनको जितले भने अन्तिम १६ मा पुग्ने टोलीको टुंगो लाग्न सहज हुनेछ । यसकारण अन्तिम खेलमा जापान, जर्मनी र स्पेनलाई स्पष्ट जितको खाँचो छ । जुन यसअघिका नतिजा हेर्दा सोचेजस्तो नहुन सक्छ ।

यसअघि रुस विश्वकपबाट पनि जर्मनी समूह चरणबाटै बाहिरिएको थियो । सन् २०१४ विश्वकपको विजेता जर्मनी पछिल्ला ८ वर्ष खराब लयबाट गुज्रिरहेको छ । अर्जेन्टिनाले दोस्रो खेलमा मेक्सिकोलाई हराएको छ । तर उसको पहिलो हार अझै पीडादायी छ ।

साउदी अरेबियासँग हारेको मेस्सीको टिमलाई अन्तिम १६ मा पुग्न अन्तिम खेल जित्नैपर्ने दबाब छ । जहाँ पोल्याण्डको सामना गर्न मेस्सीलाई सहज हुने छैन । किनकी पोल्याण्डमा बार्सिलोनाकै सुपरस्टार स्ट्राइकर रोबर्ट लेवान्डोस्की हुनेछन् ।

यदि अर्जेन्टिना र पोल्याण्डले बराबरी खेल्दा मेक्सिकोलाई हराएको खण्डमा साउदी अन्तिम १६ मा पुग्नेछ । तर यसका लागि साउदीले सोचेभन्दा ठूलो मेहनत गर्नुपर्नेछ । इंग्ल्याण्ड दोस्रो खेलमा अमेरिकासँग बराबरीमा रोकिएपछि उसको यात्रा पनि कठिन बनेको छ ।

पहिलो खेलमा इरानलाई ठूलो अन्तरले हराएको इंग्ल्याण्ड दोस्रो खेलमा बराबरीमा रोकिदा अन्तिम खेलमा वेल्सलाई हराउनैपर्ने बाध्यतामा हुनेछ । वेल्स पनि बलियो टिम भएकाले इंग्ल्याण्डलाई रोक्न कोसिस गर्नेछ । यदि यो खेल बराबरी भएमा र अन्तिम खेलमा इरानले जित निकालेमा इंग्ल्याण्डसँगै एसियाबाट इरान पनि अन्तिम १६ मा पुग्ने पक्का छ ।

नेयमार टिम ब्राजिल र रोनाल्डोको टिम पोर्चुगलले पहिलो खेल जितेका छन् । दुबै टिम अब दोस्रो जित निकाल्दै अन्तिम १६ मा पुग्ने कसरतमा छन् । टिममा स्टार खेलाडी भएका कारण उनीहरुलाई ठूलो चिन्ता छैन । तर ब्राजिलका लागि नेयमारको अनुपस्थिती विपक्षीलाई मनोवैज्ञानिक रुपमा बलियो बनाएको छ ।

अझै दुई खेल खेल्न नसक्ने नेयमारको अभाव पूर्ति गर्न रिचार्लिसन, जिसस, भिन्सियस जस्ता उम्दा स्टार काफी छन् । दोस्रो खेल जितेमा ब्राजिल र पोर्चुगल अन्तिम १६ मा पुग्नेछन् । कम्तीमा धेरैको चाहना अर्जेन्टिना, ब्राजिल र पोर्चुगलले सेमिफाइनलसम्मको यात्रा तय गरुन भन्ने छ । त्यसका लागि रोनाल्डो, मेस्सी र नेयमारले हदैसम्मको प्रयास गर्नेछन् ।

तर समूह चरणमा कमजोर मानिएका टिमको सनसनीपूर्ण प्रदर्शनले धेरैलाई अचम्मित बनाएको छ । अन्तिम १६ मा पुग्ने पहिलो टिमका रुपमा फ्रान्सले स्थान बनाउँदा उसको नतिजा हेर्न लायक छ । यो हप्तामा अन्तिम १६ मा पुग्ने टोलीको टुंगो लाग्दा कतार विश्वकप धेरै रोचक हुनेछ ।

किनकी कतारमा बलिया भनिएका टिमको प्रदर्शन कमजोर मानिएको छ भने कमजोर मानिएका देशको प्रदर्शन सनसनी छ । त्यो सनसनी नतिजाले कसलाई अघि लान्छ ? र, कसलाई घर फर्काउँछ, त्यो हेर्न पनि रोचक हुनेछ ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  १० : १५ बजे

विश्वकप: मेसी र रोनाल्डोसहित यी हुन् १० स्टार खेलाडी

काठमाडौँ – लियोनेल मेसीको जादुयी खुट्टा, क्रिस्टियानो रोनाल्डोको एक्रोबेटिक प्रहार,

बीमा रकम भुक्तानी सहजतातर्फ, १५ अर्ब रकम विनियोजन, विगतको बक्यौता पठाइँदै

काठमाडौँ– स्रोतको अभावजस्ता कारणहरूले अघिल्ला वर्षहरूमा समस्याको विषय बनेको स्वास्थ्य

बीस विद्यालयलाई ल्यापटप वितरण

हुम्ला– हुम्ला जिल्ला सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले आफ्ना मातहतमा रहेका

हुम्लाका विद्यालयलाई फुटबल सहयोग

हुम्ला– अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को सहयोगमा यहाँ विद्यालयस्तरमा फुटबल

संघीयता सबलीकरणसहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेका विभिन्न दुईवटा समितिका बैठक