प्रधानमन्त्रीमा रामचन्द्रको दाबेदारी कि कोकोहोलो ? | Khabarhub Khabarhub

संसदीय दलको नेता चयनको प्रतिष्पर्धा

प्रधानमन्त्रीमा रामचन्द्रको दाबेदारी कि कोकोहोलो ?

१७ पटक प्रधानमन्त्रीको चुनाव हारेका पौडेल के १८ औँ पटक हार्न चाहन्छन् ?


१२ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – तनहुँमा चुनाव जितेर आएलगत्तै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा दाबेदारी पेश गरेका छन् । उनले सामाजिक सञ्जालमा गगन थापाकै शैलीमा आफू ‘अबको प्रधानमन्त्री’ भन्दै आक्रामक ‘कपीपेस्ट’ प्रचार थालिरहेका छन् ।

कांग्रेसभित्र अहिले गगनले आक्रामक रुपमा प्रधानमन्त्रीको दाबेदारी पेश गरेपछि रामचन्द्रको दाबीले सबै छक्क परिरहेका छन् । चुनाव जित्नै हम्मे हम्मे भएका पौडेललाई संसदीय चुनावमा पछार्ने सम्भावना छ । तर पनि पौडेल अबको प्रधानमन्त्री मै हो भन्दै लागिरहेका छन् ।

यसले कांग्रेसभित्र नयाँ कोकोहोलो मच्चाएको छ । खासगरि गगनले नयाँ प्रधानमन्त्री बन्नका लागि कांग्रेसभित्र खेलेको राजनीतिले यतिबेला चर्चा पाइरहेको छ । कतिपयले उनलाई अन्तर्घात गरेर कांग्रेसकै उम्मेद्वारलाई हराएको भनिरहेका छन् भने कतिपयले पुस्तान्तरण गर्न जबर्जस्त बुढा नेताहरुलाई स्वतन्त्र पार्टीसँग मिलेर हराएको भनिरहेका छन् ।

यस्तो बेला प्रधानमन्त्रीमा शेरबहादुर देउवाको बलियो विकल्पका रुपमा गगन अगाडि सरेका छन् । उनको यो लडाईमा आम युवा पुस्ता र राजनीतिमै रहेका युवाहरुको समर्थन छ । कतिपयले खुलेर गगनको समर्थन गरेका छन् भने कतिपयले भित्रभित्रै गगनलाई अगाडि बढ्न सुझाव दिइरहेका छन् ।

यस्तो बेलामा संसदीय दलका लागि गगन थापा भर्सेज देउवाको कडा प्रतिष्पर्धा हुने पक्कापक्की छ । तर रामचन्द्र पौडेल किन र कसका लागि प्रधानमन्त्रीको दाबेदारी प्रस्तुत गर्दैछन् ? भन्ने कुराको चाँसो र अन्यौलता दुवै कांग्रेसवृत्तमा बढेको छ ।

गगनको बलियो दाबेदारीलाई संस्थापनइतर समूहका नेता शेखर कोइरालाले समर्थन गर्ने सम्भावना धेरै छ । यद्यपी यसका लागि देउवाले शेखरसँग लामै सहकार्यको प्रस्ताव राखेका छन् । शेखर तत्कालका लागि गगनभन्दा पनि देउवा नै प्रधानमन्त्रीको उम्मेद्वारका रुपमा बुझेका छन् ।

माओवादी अध्यक्ष प्रचण्ड, नेकपा समाजवादीका अध्यक्ष माधव नेपाल, चित्रबहादुर केसी लगायत नेताहरुसँग छलफल गरेर सत्ताको नेतृत्व कांग्रेसले नै गर्न सक्ने कारण शेखर गगनभन्दा देउवासामु यतिबेला ‘लोयल’ छन् । तर गगनको नेता शेखर नै मानिएकाले अन्तिमसम्म उनी गगनकै पक्षमा हुने आश गरिएको छ ।

यद्यपी गगन सजिलै मान्नेवाला छैनन् । सभापतिमा लड्दा शेखरलाई बोकेर हिडेका गगन यतिबेला धोका पाएमा शेखर गुट नै छाड्ने योजनामा समेत रहेको चर्चा छ । यस्तोमा शेखरको रोजाई गगन हुन्छ कि देउवा ? आफैँमा अन्यौलग्रस्त प्रश्न छ ।

गगन कांग्रेसको नयाँ नेतृत्व र भविष्य भएकाले पनि शेखर यसमा स्पष्ट छन् । तर देउवाले नेतृत्व नपाउँदा गठबन्धन भाँडिने भएकाले शेखरको निर्णायक समर्थन जसलाई हुन्छ, उसैले संसदीय दलको चुनाव जित्ने सम्भावना बलियो छ ।

यतिबेला देउवाका निर्णायक भनिएका बालकृष्ण खाँण, ज्ञानेन्द्र कार्की, विजय गच्छेदार, उमेश श्रेष्ठ, विश्व पौडेल लगायतले चुनाव हारेका छन् । यसले देउवालाई चिन्ता दिएको छ । आफैँले अन्तरघात गरेर चुनाव हराएकाले गगन केही खुशी छन् ।

गगन र देउवाको प्रधानमन्त्री लडाईमा रामचन्द्रको ‘इन्ट्री’ आफैँमा रोचक छ । उनी केवल आफ्नो आत्मरति पूरा गर्नका लागि मैदानमा आएका छन् वा प्रधानमन्त्री बनिछाड्ने मनोकांक्षा पूरा गर्न संसदीय दलको चुनाव लड्न मात्रै खोजेका हुन् ? स्पष्ट छैन ।

तर रामचन्द्रको दाबीले कांग्रेसमा धेरै प्रश्न उठाएको छ । चुनाव जितेलगत्तै उनले शक्तिशाली मन्त्री मागेका छन् । त्यो पनि देउवासँग । यता शक्तिशाली मन्त्री माग्ने, प्रधानमन्त्रीको दाबी गर्ने र संसदीय दलमा चुनाव लडेर गगनलाई हराउन भूमिका खेल्ने रामचन्द्रको दाउ हुन सक्ने आकलन गरिएको छ ।

यसअघि कांग्रेसको महाधिवेशनमा पनि अन्तिम समयसम्म सभापति पदको दाबीबाट पछाडि हटेर उनले देउवालाई समर्थन गरेका थिए । त्यसले कांग्रेसइतर पक्षलाई ठूलो धोका भएको थियो भने देउवालाई फाइदा भएको थियो । यसपटक पनि रामचन्द्र केवल देउवाको अनुकुलताका लागि गगनको भोट काट्न संसदीय दलको चुनाव उठ्न लागेका हुन् कि भन्ने आशंका छ ।

यदि त्यस्तो हो भने रामचन्द्र पौडेलले शाख जति गिरेको छ, त्यो भन्दा पनि बढी गिर्नेवाला छ । किनकी यसअघि पहिलो संविधानसभा चुनावपछि प्रधानमन्त्रीको चुनावका लागि संसद्मा १७ पटकसम्म भएको भोटिङमा रामचन्द्र पौडेल हारेका थिए ।

त्यतिबेला एमाले तटस्थ बस्दा पौडेल र प्रचण्डको लडाई १७ पटकसम्म हुँदा बहुमत नपूग्दा प्रधानमन्त्री चयन हुन सकेको थिएन । पछि प्रचण्डले एमालेलाई समर्थन गर्दा झलनाथ खनाल प्रधानमन्त्री बनेका थिए, कांग्रेस प्रतिपक्ष बनेको थियो ।

ठीक यतिबेला १७ पटक प्रधानमन्त्रीको चुनाव हारेका रामचन्द्र पौडेल यतिबेला कांग्रेसमा संसदीय दलको चुनाव लडेर के १८ औँ पटक हार्न खोजेका हुन् ? यदि त्यो हार खेप्न पौडेल तयार हुन् भने त्यो उनको राजनीतिक क्षयीकरण मात्रै हो । किनकी कांग्रेसमा यतिबेला जो संसदीय दलको चुनाव जित्छ, उही प्रधानमन्त्री हुने पक्का छ । त्यसैले रामचन्द्रले संसदीय दलको चुनाव लडेर यदि पराजित भएमा प्रधानमन्त्रीका लागि उनको यो १८ औँ हार हुनेछ ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  १० : ५१ बजे

जनतामा रहेको निराशालाई सम्बोधन गर्नुपर्छ : माधव नेपाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

‘समीक्षा यात्रा’मा निस्कियो रास्वपा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा. मुकुल ढकालले ‘समीक्षा

बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा

काठमाडौं – छिमेकी चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिटिभ

कांग्रेस संसदीय दलको बैठक भोलि बिहान बस्ने

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक

पञ्जाबविरुद्ध हैदराबाद चार विकेटले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ अन्तरगत आफ्नो लिग