कतारी महत्वाकांक्षाको भुंग्रोमा फेरि नेपाली कामदार « Khabarhub

खेलकूद, रोजगारी र जोखिम

कतारी महत्वाकांक्षाको भुंग्रोमा फेरि नेपाली कामदार

फूटबल विश्वकपलगत्तै ओलेम्पिक संरचनाका लागि फेरि हताहतीको खतरा !


१२ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कतारमा जारी विश्वकप हेर्नका लागि त्यहाँ जानेहरूको ठुलो जमात अझै छ । कतार यात्रा जो कोहीका लागि पनि सहज भने पक्कै हुने छैन । मानव अधिकारको हनन तथा कठोर इस्लामिक कानुका कारण कतारको जीवन साँच्चै कठिन मानिएको हो । त्यहाँ औषधी उपचारमा समेत केही रोक लगाइएको छ ।

गाँजा र अन्य भाङजन्य पदार्थ त त्यहाँ पूर्ण रूपमा वर्जित नै छ । तर, आश्चर्यजनक कुरा त चिकित्सकले सिफारिस गरेका औषधी पनि कतारमा प्रयोग गर्न पाइने छैन । एन्जाइटी र कडा खाले पेनकिलर त्यहाँ वर्जित गरिएको छ । यस कारण कुनै पनि व्यक्ति कतार भ्रमण गर्नु अगाडी त्यहाँ प्रतिबन्धित औषधीको सुची हेर्न जरुरी छ ।

कतारमा अन्य थुप्रै प्रतिबन्धित विषय छन् । त्यहाँ कोही जाने हो भने यी सबै कुराको ध्यान दिन जरुरी छ नै । सबै भन्दा ध्यान दिनु पर्ने विषय त मादक पदार्थ सेवन गर्नेहरूले हो । १२ वर्ष अगाडी कतारले विश्वकप आयोजनाको घोषणा गर्ने समयमा नै मादक पदार्थ सेवन प्रतिबन्धित थियो ।

यसका बाबजुद आयोजनाको अवसर पाएको कतारले रङ्गशालाको निर्धारित स्थानमा मादक पदार्थ सेवन गर्न दिने बताएको थियो । बेलायतले सूचना जारी गर्दै कतार भ्रमण गर्ने हरके नागरिकले मादक पदार्थ सेवन गरेमा ६ महिना जेल जान सक्ने बताउँदै आफ्नो नागरिकलाई सचेत गरिएको थियो ।

सेप्टेम्बर महिनामा कतारले विश्वकप सुरु हुनु भन्दा तीन घण्टा अगाडी तथा खेल सकिएको एक घण्टा पछाडिसम्म किन्न सकिने र निर्धारित स्थानमा बियर पिउन सकिने जनाएको थियो । त्यस समयमा कतारले जारी गरेको सूचना अनुसार खेलको दौरान भने विक्री वितरण बन्द थियो । आफैले जारी गरेको सूचनालाई परिवर्तन गर्दै कतारले विश्वकप सुरु हुनु भन्दा दुई दिन अगाडी मदिरा बेच्न प्रतिबन्ध लगाएको थियो ।

कतार सरकारले आफ्नो नीति परिवर्तन गर्नु अगाडीसम्म विश्व फुटबल महासङ्घ फिफाले पनि १० फ्यान जोनका २ सय स्थानमा मदिरा खरिद गर्न सकिने एकै पटक १ लाख जनाले सेवन गर्न सक्ने जनाएको थियो । पछिल्लो समय युरोपेली देश स्पेन, पोर्चुगल र स्कटल्यान्ड लगायत देशका रङ्गशालामा पनि जुनसुकै समयमा मदिरा खरिद र सेवन गर्न पाइने छैन । यस कारण कतारले सुरुवातमा राखेको प्रस्तावमा धेरै देश सकारात्मक थिए । म्यान हस्पीटालीटीको नाममा केही प्याकेज त छ । तर, त्यो प्याकेज अत्यन्त महँगो छ ।

कतार विश्वकपका राजदूत तथा पूर्व फुटबलर खालिद सलमानले समलिङ्गी हुनु मानसिक रोग भएको प्रतिक्रिया दिएका छन् ।

आफ्नो कोठा भन्दा बाहिर यौन सम्पर्क कतारमा वर्जित छ । त्यसो भएमा जेल सजायको सम्भावना प्रबल रहन्छ । दुई पुरुष बिचको यौन सम्पर्कले पनि कतारमा जो कोही तीन वर्षसम्म जेल जान सक्छ ।

ह्युमन रायट वाचले गत महिना सार्वजनिक गरेको एक सूचना अनुसार कतार सरकारले धेरै जना एलजीबीटीक्यूलाई गिरफ्तार गर्ने तथा जेल सजाय पठाउने गरिएको छ । कतारले आफूहरूलाई भिन्न र फरक खालको देश भएको बताउँदै आएको थियो ।

‘सबै जनालाई कतारमा स्वागत छ’ कतारको विज्ञप्तिमा जनाइएको थियो ‘हाम्रो विगतको पृष्ठभूमिकै आधारमा हेर्ने हो भने पनि धेरै जनालाई स्वागत गरेका थियौ ।’

फिफाले कसैमाथि पनि भेदभावमूलक व्यवहार नहोस् तथा मानव अधिकारको हनन नहोस् भनेर आफूले प्रयास गरेको बताए पनि त्यस अनुसार नभएको जनाएको छ । सन् २०११ मै सुप्रिम कमिटी फर डेलिभरी एन्ड लिगेसीको गठन भएको थियो ।

त्यसले भौतिक संरचना निर्माणको समय देखि नै भेदभावमूलक बनाउने सोच अगाडी ल्याएको थियो । सन् २०१० मा कतारले विश्वकपको आयोजना गर्ने निर्णय गरे पछि थुप्रै खेल महोत्सवहरू भएको जनाउँदै फिफाले कतारमा मानव अधिकार विरोधी कुनै गतिविधि नहुनेमा विश्वास व्यक्त गरेको थियो ।

कतार विश्वकपका राजदूत तथा पूर्व फुटबलर खालिद सलमानले समलिङ्गी हुनु मानसिक रोग भएको प्रतिक्रिया दिएका छन् । कतारमा जाडो महिनामा पनि तापक्रम ३० डिग्री सेल्सियस भन्दा बढी छ । यसका बाबजुद सरकारले केही निश्चित मापदण्ड राखेको छ ।

महिला होस या पुरुष हरेकले घुँडा र पाखुरा छोप्नै पर्ने हुन्छ । महिला होस या पुरुष जे भए पनि सरकारी कार्यालय तथा अन्य सार्वजनिक स्थानमा जाँदा त्यसै अनुसार पहिरन अति आवश्यक रहेको जनाएको छ ।

कतार समाजका यी सारा विकृति र विसङ्गतिको असर अहिले विश्वकपमा देखिएको छ । विश्वकपको रमाइलो महसुस गर्नका लागि दोहा पुगेका संसारका कुनै पनि व्यक्ति सामान्य कारणले जेल चालन हुन सक्ने सम्भावना छ ।

अमेरिकी सरकारको सहयोगमा सञ्चालित स्वतन्त्र वाचडग फ्रिडम हाउसका अनुसार अहिले संसारमा नै धेरेको स्वतन्त्रता माथि प्रश्न उठ्न थालेको छ ।

राजनीतिक जीवन यापनको सर्वेक्षणमा कतारले १सय मा २५ स्कोर गरेको थियो । विश्वकपमा सहभागी मध्ये सबै भन्दा कम स्कोर भएको साउदी अरेबियाको ७ तथा इरानको १४ स्कोर थियो । सबै भन्दा बढी मानव अधिकार र स्वतन्त्रता भएको देशमा अमेरिकालाई अन्य देशले पनि ओगटेका छन् । क्यानडाले सबै भन्दा धेरै ९८ तथा उरुग्वे र डेनमार्कले ९७ स्कोर गरे । यसै गरी अमेरिकाले ८३ स्कोर गरे ।

कतारमा रहेका धेरै राजदूतावासले त्यहाँ कानुनी स्वतन्त्रताको कुनै ग्यारेन्टी नभएको जनाएका छन् । कतारमा इस्लाम, क्रिस्टीयानीटी र यहुदीको नाममा त्यहाँ जुनसुकै व्यक्तिलाई यातना हुन सक्छ । इलम भन्दा बाहेक अन्य धर्ममा आस्था राखेर सार्वजनिक रूपमा केही गरे त्यसले पनि मानिसलाई जेल चलान हुन सक्छ ।

कतार समाजका यी सारा विकृति र विसङ्गतिको असर अहिले विश्वकपमा देखिएको छ । विश्वकपको रमाइलो महसुस गर्नका लागि दोहा पुगेका संसारका कुनै पनि व्यक्ति सामान्य कारणले जेल चालन हुन सक्ने सम्भावना छ ।

सन् २०१० पछिका धेरै खेल महोत्सव कतारले आयोजना गरेको थियो । केही वर्ष अगाडी मात्र तेल प्रशोधनमा नयाँ प्रविधि प्रयोग गरेका थिए । त्यसै प्रविधिको प्रयोग पछि संसारका धेरै शक्ति राष्ट्रलाई पछि छाड्दै कतारले धेरै अगाडीको पाइला सारेको थियो ।

एक दशकको समयमा रग्बी विश्वकप र एथलेटिक्स विश्व च्याम्पियनसिप चानचुने पक्कै होइन । कतार त्यत्तिमा सन्तुष्ट छैन । त्यहाँको सरकारले विश्वकप फुटबलको आयोजना पछि ओलम्पिक खेलकुदका लागिदाबी गर्ने जनाइसकेको छ ।

पछिल्लो समय अन्य खेलमा कतारको उपस्थितिको खासै चर्चा नभए पनि हाई जम्पमा मुताज एसा ब्रसिमको प्रभाव भएको धेरै वर्ष भएको छ ।

सन् २०३० को एसियाड आयोजना गर्ने निश्चित भइसकेको कतारले सन् २०२३ मै एसियाली फुटबल कपको लागि पनि प्रयास गरेको छ । उनको दाबी अनुसार अहिले बनाइएका धेरै रङ्गशाला ४० हजार दर्शक क्षमताका छन् । यी अन्य कुनै पनि खेल महोत्सवका लागि योग्य ठहरिन सक्ने छन् ।

कोरोना महामारीको ठिक केही समय अगाडी दोहामै सबै भन्दा ठुलो खल महोत्सवको रूपमा विश्व एथलेटिक्स च्याम्पियनसिप आयोजना भएको थियो । त्यसो त कतार आयोजक मात्र होइन विश्व एथलेटिक्समा केही प्रभाव पनि भएको देश हो । मध्यम दुरीमा केही वर्ष अगाडी देखि नै कतारको उपस्थिति देखिन थालेको थियो ।

आयोजनाको आधारमा हेर्ने हो भने दोहा डायमन्ड लिग हुने गरेको स्थान पनि हो । पछिल्लो समय अन्य खेलमा कतारको उपस्थितिको खासै चर्चा नभए पनि हाई जम्पमा मुताज एसा ब्रसिमको प्रभाव भएको धेरै वर्ष भएको छ ।

यी यावत सफलताका बाबजुद धेरै सङ्ख्यामा आप्रवासीको कामदारको ज्यान जानु, आयोजक राष्ट्रको फितलो प्रदर्शन हुनु र मानव अधिकारको हनन हुने यस विश्वकपका नकारात्मक चर्चाका विषय बने । तसर्थ आयोजक कतार चुकेको छ । इतिहासको खराब विश्वकपकै रूपमा यो विश्वकप रह्यो । यसका बाबजुद त्यहाँ जाने दर्शककै लागि बेलायत र अमेरिकाले झैँ सबैले सचेत गराउन भने अनिवार्य छ ।

(श्रोत : सीएनएन, गल्फ टाइम्स र वर्ल्ड एथलेटिक्स)

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  १२ : ३४ बजे

मिटरब्याज पीडितको जनकपुर-काठमाडौँ पदयात्रा चौथो दिनमा (तस्बिरहरू)

सर्लाही– जनकपुरबाट आसार २५ गते सुरु भएको मिटरब्याज पीडितको पैदल

उदिपुरमा पहिरो नियन्त्रणपछि डुम्रे–बेँसीसहर यात्रा सहज

लमजुङ– सङ्घीय सरकारको ११ करोड १९ लाखको लागतमा डुम्रे–बेँसीसहर सडकअन्तर्गत

विश्वकपको सेमिफाइनलमा अर्जेन्टिना र इङ्गल्यान्ड, फ्रान्स र स्पेन भिड्ने

काठमाडौँ – अमेरिका, क्यानडा र मेक्सिकोमा जारी फिफा विश्वकप २०२६

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

सुनसरी– सुनसरीको रामधुनी सबडिभिजन वन कार्यालयले प्रत्येक वर्ष विभिन्न प्रजातिका

स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको सेमिफाइलनमा

काठमाडौँ – फिफा विश्वकपमा स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइलनमा पुगेको छ