मधेश प्रदेश सभामा एमाले पहिलो दल | Khabarhub Khabarhub

मधेश प्रदेश सभामा एमाले पहिलो दल


१२ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गत ४ मंसिरमा सम्पन्न निर्वाचनको मत परिणाम सार्वजनिक हुने क्रम जारी रहँदा मधेश प्रदेश सभामा एमाले पहिलो दल बन्न सफल भएको छ । हालसम्म सार्वजनिक मतपरिणामअनुसार प्रदेशसभा अन्तर्गतको प्रत्यक्षतर्फको मत परिणाम अनुसार १४ सिटसहित एमाले पहिलो दल हुन सफल भएको हो ।

विगतमा तराई मधेस केन्द्रित पार्टीहरूले विजय हासिल गर्दै आएको तर यसपटकको निर्वाचनमा एमाले १४ सिटसहित पहिलो राजनीतिक दल भएको हो ।

यसैगरी, कांग्रेस १३ सिटसहित दोस्रो स्थानमा छ भने उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले नाै सिटमा जित हासिल गरेर तेस्रो स्थानमा छ । यसअघि सो पार्टी पहिलो स्थानमा रहेर मधेस प्रदेश सरकारको नेतृत्व गरेको थियो ।

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी सात स्थानसहित चौथौं नम्बरमा छ । यसअघि सो पार्टीले दोस्रो स्थानमा रहेको थियो ।

पहिलो पटक मधेस प्रदेशमा सिके राउत नेतृत्वको जनमत पार्टीले ६ वटा प्रदेशसभा सिटमा विजय हासिल गरेको छ । माओवादी केन्द्र र एकीकृत समाजवादीले ४–४ स्थानमा विजय हासिल गर्दा ६ जना स्वतन्त्रले मधेस प्रदेशसभाका लागि विजय हासिल गरेका छन्।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  १ : १९ बजे

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६

दिल्लीद्वारा गुजरातलाई २२५ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई

भोजपुर गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा

भोजपुर । भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर

पोखरामा एसिया कप ट्रायथोलन हुँदै

कास्की । देशको पर्यटकीय राजधानी सहर पोखरामा यही वैशाख १५

रूस र युक्रेनबीच विस्थापित बालबालिकाको आदानप्रदान गर्ने सहमति

दोहा – रूस र युक्रेनले कतारको मध्यस्थतामा युक्रेन युद्धबाट विस्थापित