दाङमा बदर मत धेरै | Khabarhub Khabarhub

दाङमा बदर मत धेरै


१२ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गत मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा दाङमा जिल्लामा प्रतिनिधिसभातर्फ ५ दशमलव ९२ प्रतिशत र प्रदेशसभातर्फ ४ दशमलव ७७ प्रतिशत मत बदर भएको छ ।

तीन प्रतिनिधिसभा र छ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको दाङमा ठूलो सङ्ख्यामा मत बदर हुनुलाई मतदातामा शिक्षा अपुग भएको विश्लेषण गरिएको छ । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा १२ प्रतिशत आंशिक र ३ प्रतिशत पूर्णरुपमा बदर भएको थियो ।

जिल्लामा कूल चार लाख १४ हजार नौ सय ५६ मतदाता रहेकोमा प्रतिनिधिसभातर्फ १४ हजार सात सय नौ मत बदर भएको छ । साथै, प्रदेशसभामा ११ हजार आठ सय ३३ मत बदर भएको प्रदेश निर्वाचन अधिकारी नारायणप्रसाद भण्डारीले जानकारी दिए । उनका अनुसा रसमानुपातिकतर्फ २० हजार दुई सय ३५ मत बदर भएका छन् ।

उनले प्रतिनिधिसभा भन्दा धेरै प्रदेशसभाको मत बदर भएको बताए । बदर मतमा औंँठा छाप लगाएका मतपत्र धेरै भेटिएको उनले जानकारी दिए ।

दाङ जिल्ला क्षेत्र नं १ मा एक लाख ३४ हजार सात सय ३३ मतदाता रहेकोमा ७८ हजार दुई सय ६७ मत खसेको थियो । जसमा चार हजार पाँच सय ८० मत बदर भएको थियो । यस निर्वाचन क्षेत्र अन्तर्गत प्रदेशसभा १ मा ७० हजार दुई सय ६७ मतदाता रहेकोमा ३९ हजार आठ सय ४४ मत खसेको थियो । जसमा दुई हजार चार सय १० मत बदर भएको थियो । त्यसैगरी प्रदेशसभा २ मा ६४ हजार चार सय ६६ मतदाता रहेकोमा ३८ हजार चार सय ५४ मत खसेको थियो जसमा एक हजार सात सय ६३ मत बदर भएको थियो ।

निर्वाचन क्षेत्र नं २ मा एक लाख ३३ हजार सात सय ४८ मतदाता रहेकोमा ७९ हजार तीन सय ३७ मत खसेको थियो । जसमा चार हजार सात सय छ मत बदर भएको थियो । यस निर्वाचन क्षेत्र अन्तर्गत प्रदेशसभा १ मा ६३ हजार तीन सय २२ मतदाता रहेकोमा ३६ हजार नौ सय ९३ मत खसेको थियो । जसमा एक हजार चार सय ८५ मत बदर भएको थियो । साथै, प्रदेशसभा २ मा ७० हजार चार सय २६ मतदाता रहेकोमा ४२ हजार एक सय ५२ मत खसेको थियो । जसमा दुई हजार ३९ मत बदर भएको थियो ।

निर्वाचन क्षेत्र नं ३ मा एक लाख ४६ हजार चार सय ७५ मतदाता रहेकोमा ९० हजार पाँच सय ३५ मत खसेको थियो । जसमध्ये पाँच हजार चार सय २३ मत बदर भएको थियो । यस निर्वाचन क्षेत्र अन्तर्गत प्रदेशसभा १ मा ६६ हजार चार सय ८६ मतदाता रहेकोमा ४० हजार चार सय ७४ मत खसेको थियो । जसमा एक हजार सात सय ७८ मत बदर भएको थियो । साथै, प्रदेशसभा २ मा ७९ हजार नौ सय ८९ मतदाता रहेकोमा ४९ हजार नौ सय ३३ मत खसेको थियो । जसमा दुई हजार दुई सय ५८ मत बदर भएको थियो ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  १ : ५१ बजे

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कति पुग्यो आज?

काठमाडौं– नेपाली बजारमा सुनको भाउले शुक्रबार नयाँ रेकर्ड कायम गरेको

दुर्गा प्रसाईँको हतियारबारे छानबिन गर्न समिति गठन

काठमाडौं– सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई हातहतियार राख्ने इजाजत दिएको

सभामुख घिमिरे स्वदेश फर्किए

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे स्वदेश फर्किएका छन् । अन्तर-व्यवस्थापिका

एफटीएक्सका संस्थापक साम बैंकम्यानलाई २५ वर्षको जेल सजाय

काठमाडौं– अमेरिकी कम्पनि एफटीएक्सका संस्थापक साम बैंकम्यान फ्राइडलाई २५ वर्षको

पर्यटक नभएपछि अध्यागमन कार्यालय सुनसान

नेपालगञ्ज– बाँकेको जमुनाह नाकामा रहेको अध्यागमन कार्यालय करिब तीन वर्षदेखि