सेयर बजार घट्यो « Khabarhub

सेयर बजार घट्यो


१२ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कारोबार हुने साताको दोस्राे दिन सोमबार सेयर बजार ओरालो लागेको छ । आज सेयर कारोबार मापक नेप्से परिसूचक १५.६१ अंकले घटेर १९५०.३७ विन्दुमा पुगेको छ । ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.६५ अंकले घटेर ३८२.६१ मा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कूल १९४ कम्पनीको सेयर कारोबार हुँदा ३६ कम्पनी वृद्धि भएको छ । १५१ कम्पनीकाे सेयर ओरालो लागेको र सात कम्पनीकाे सेयर मूल्य स्थिर रहेको छ । ३७ लाख ६१ हजार २९९ कित्ता सेयर खरिद बिक्री हुँदा एक अर्ब ४९ करोड ४३ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

त्यस्तै, कारोबारको आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा छ । कम्पनीको आज १६ करोड ४६ लाखभन्दा बढीको कारोबार भएको छ । त्यस्तै दोस्रोमा नबिल बैंक र तेस्रोमा शिवम् सिमेन्टको कारोबार भएको छ । आइतबार नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएको थियो । त्यस दिन दुई अर्बभन्दा बढीका कारोबार भएको थियो ।

आजको कारोबारमा खप्तड लघुवित्त ८.८१ प्रतिशत र गरीमा डेवेन्चरमा ६.११ प्रतिशतले सेयर मूल्य बढेको छ । १३ उपसूचकहरूमध्ये म्युचुल फन्ड र ट्रेडिङ इन्डेक्समा सामान्य वृद्धि भएको र अरु सबै उपसूचक ओरालो लागेको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  ३ : ४९ बजे

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।

आचारसंहिता अनुगमन गर्न ७७ वटै जिल्लामा खटाइयो अधिकृत

काठमाडौँ– निर्वाचन आयोगले ७७ वटै जिल्लामा आचारसंहिता अनुगमन अधिकृत खटाएको