प्रदेशसभामा तीन नयाँ पार्टीको प्रतिनिनिधित्व « Khabarhub

प्रदेशसभामा तीन नयाँ पार्टीको प्रतिनिनिधित्व


१२ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हालै सम्पन्न निर्वाचनबाट तीनवटा नयाँ पार्टीले प्रदेशसभामा प्रतिनिनिधित्व गर्ने भएका छन् ।

निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणामअनुसार यसअघि जित्दै आएका ठूला दललाई पराजित गर्दै तीन नयाँ पार्टीले प्रदेशसभामा प्रतिनिधित्व गरेका हुन् ।

जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, हाम्रो नेपाली पार्टी पहिलोपटक प्रदेशसभामा प्रतिनिधत्व गरेका हुन् ।

मधेस प्रदेशबाट सिके राउत नेतृत्वको जनमत पार्टीले दुई सिट जित्दै पहिलोपटक प्रतिनिधित्व गरेको हो भने रेशमलाल चौधरी आबद्ध नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशबाट पाँच सिटमा विजय हासिल गर्दै पहिलोपटक प्रतिनिधित्व पाएको हो ।

अघिल्लो निर्वाचनमा विवेकशील साझा पार्टीले प्रदेशसभामा प्रतिनिधित्व गरेको थियो । तर सो पार्टीले यसपटक कतै जित हासिल गर्न सकेन । यसपटक बाग्मती प्रदेश सभामा हाम्रो नेपाली पार्टीले पहिलोपटक प्रतिनिधित्व पाएको छ ।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभामा सात स्थानमा विजयी हासिल गरे पनि प्रदेश सभामा भने शून्य छ । सो पार्टीले प्रदेश सभामा भागै लिएन । लामिछानेले प्रदेशतर्फको मतपत्रमा संकेत चिन्हसमेत लगाएनन् ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  ४ : ४२ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल