सोमालियाको चर्चित होटेलमा भएको आक्रमणमा परी चार जनाको मृत्यु « Khabarhub

सोमालियाको चर्चित होटेलमा भएको आक्रमणमा परी चार जनाको मृत्यु


१२ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सोमालियाको राजधानी मोगादिसुमा रहेको एक चर्चित होटलमा इस्लामिक लडाकु समूह अल शबाबले गरेको आक्रमणमा चार जना मारिएका छन् ।

उक्त होटेललाई रातभर घेराबन्दी गरी अल शबाब लडाकुले आक्रमण गरेको र घटनामा चार जनाको मृत्यु भएको सुरक्षा निकायका अधिकारीले सोमबार एएफपीलाई जानकारी दिएका छन् ।

आतङ्ककारीहरूले राष्ट्रपति भवननजिकैको होटलमा गोली प्रहार गरेको १२ घण्टाभन्दा बढी समयपछि पनि गोली र विस्फोटको आवाज सुनिएको थियो ।

बन्दुकधारीहरू सरकारी सेनाले घेरिएको होटलको एउटा कोठामा लुकेका राष्ट्रिय सुरक्षा निकायका अधिकारी मोहम्मद दाहिरले एएफपीलाई बताएका छन् ।

‘अहिलेसम्म हामीले चार जनाको मृत्यु भएको पुष्टि गरेका छौं’,उनले भने भएको छ । अहिलेसम्म घेराबन्दी गरिएको स्थानबाट अन्यको उद्धार गरिएको छ । छिट्टै अवस्था सामान्यमा फर्किने उनको भनाइ छ । आक्रमणका क्रममा सरकारी अधिकारीहरु समेत घाइते भएको उनले बताए ।

सोमालियाका राष्ट्रपति हसन शेख मोहम्मदको कार्यालयबाट केही ब्लकको दूरीमा रहेको राजधानीको सुरक्षित मध्य भागमा रहेको भिल्ला रोज भन्ने होटेलमा बारम्बार सांसदहरूको आवत जावत हुने गरेको बताइएको छ ।

विगत १५ वर्षदेखि सोमालियाको केन्द्रीय सरकारलाई ध्वस्त पार्ने प्रयास गरिरहेको अल–कायदासँग आवद्ध अल शबाबले आक्रमणको जिम्मेवारी लिएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार लडाकुहरुले होटलको गेट र परिसरमा विस्फोट गराएका थिए । सोमबार बिहान प्रहरी सो होटलमा प्रवेश गरेको र उद्धारको काम सुरु गरेको बताइएको छ ।

अल शबाबले पछिल्लो समयमा सुरक्षाकर्मी, सर्वसाधारण नागरिक एवम् विभिन्न भौतिक संरचनाहरुमा पनि आक्रमण गर्ने गरेका छन्

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  ५ : ०५ बजे

‘एकसिङ्गे गैँडा नेपालको अमूल्य सम्पत्ति’

चितवन– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को एकसिङ्गे गैँडा नेपालका लागि अमूल्य

बलि दिन भारत पुर्‍याइएकी बालिकाको उद्धार

काठमाडौँ– बलि दिन भारत पुर्‍याइएकी १६ वर्षे नेपाली बालिकाको उद्धार

सोलोमन टापुमा अमेरिकी दूतावास स्थापना

काठमाडौँ- अमेरिकाले दक्षिण प्रशान्त महासागरमा अवस्थित सोलोमन टापुमा दूतावास खोलेको

परराष्ट्र मन्त्री पौड्यालले श्रीलंका का प्रधानमन्त्रीसँग भेट गर्दै

काठमाडौँ– श्रीलंका भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा विमला राई पौड्यालले आज

अमेरिकी आकाशमा चिनियाँ जासुसी बेलुन

काठमाडौँ- अमेरिकी आकाशमा चिनियाँ जासुसी बेलुन देखा परेको छ ।