नेपाल राष्ट्र बैंकद्वारा लघुवित्त संस्थाको नगद लाभांश वितरणसम्बन्धी व्यवस्था संशोधन | Khabarhub Khabarhub

नेपाल राष्ट्र बैंकद्वारा लघुवित्त संस्थाको नगद लाभांश वितरणसम्बन्धी व्यवस्था संशोधन


१२ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाको नगद लाभांश वितरणसम्बन्धी व्यवस्था संशोधन गरेको छ । राष्ट्र बैंकले आज परिपत्र जारी गर्दै ‘घ’ वर्गका इजाजतपत्र लघुवित्त वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ मा संशोधन गरेको जानकारी गराएको हो ।

उक्त निर्देशनको बुँदा नं १३ मा लघुवित्त वित्तीय संस्थाले खुद वितरणयोग्य मुनाफाको ३० प्रतिशतसम्म मात्र नगद लाभांश घोषणा तथा वितरण गर्न पाउनेछन् भन्ने व्यवस्था गरिएको छ ।

उक्त बुँदामा रहेका अन्य दुई वटा व्यवस्थालाई भने हटाइएको छ । उसअघि लघुवित्त कम्पनीले वितरण गर्ने नगद लाभांश उनीहरुको बचत–निक्षेपको भारित औसत ब्याजदरको प्रतिशतभन्दा बढी हुन नहुने व्यवस्था थियो । त्यस्तै खुद वितरणयोग्य मुनाफा कुल चुक्ता पुँजीको पाँच प्रतिशतभन्दा कम भएका लघुवित्तले कर प्रयोजन बाहेक नगद लाभांश वितरण गर्न नपाउने व्यवस्था पनि हटाइएको छ ।

‘वार्षिक २० प्रतिशतभन्दाबढी नगद वा बोनस लाभांश वितरणको प्रस्ताव गरेमा २० प्रतिशतभन्दा माथिको प्रस्तावित लाभांशको ५० प्रतिशत हुन आउने रकम साधारण जगेडा कोषमा जम्मा गर्नुपर्ने’ व्यवस्थालाई भने यथावत राखिएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  ५ : १५ बजे

सुनको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी

रारामा पर्यटकीय पूर्वाधारमा लगानी गर्न माग

काठमाडौं– पर्यटकीय सम्भावना रहेर पनि अपेक्षित लाभ लिन नसकिएको रारा

के हो खगेन्द्र र दीपेन्द्रको सहकार्यको राज ?

काठमाडौं – फिल्म ‘पशुपतिप्रसाद’ निर्देशक दीपेन्द्र के खनाल र नायक

‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’

काठमाडौं– ‘हिमालयन चितुवा’को नामले परिचित किक बक्सर अविरल घिमिरेले अब

सरकारको काममा सन्तुष्ट छैनौँ, समर्थन दिन बाध्य छौँ

काठमाडौं– जनमत पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य चन्द्रकान्त (सिके) राउत