पत्रकारलाई रिहा गर्न महासङ्घको माग « Khabarhub

पत्रकारलाई रिहा गर्न महासङ्घको माग


१२ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल पत्रकार महासङ्घले पत्रकार गजेन्द्र राईलाई तत्काल रिहा गर्न सम्बन्धित पक्षसँग माग गरेको छ । पत्रकार महासङ्घ उदयपुर शाखाका सदस्य तथा रेडियो नेपालका जिल्ला संवाददाता एवं निगरानी पोष्ट अनलाइनका सञ्चालक राईलाई समाचारको विषयलाई लिएर प्रहरीले पक्राउ गरेको घटना प्रेस स्वतन्त्राविपरीतको काम भएको भन्दै रिहा गर्नुपर्ने माग गरेको हो ।

उदयपुर शाखाका अनुसार हालै सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको रिपोर्टिङको क्रममा रहेका पत्रकार राईलाई यही मङ्सिर १० गते प्रहरीले त्रियुगा नगरपालिका–११ गाईघाट बजारको बिपी चौकबाट पक्राउ गरेको थियो ।

उनले समाजको विकृति, विसङ्गतिसम्बन्धी रिर्पोटिङ गर्दै आएका थिए ।

“कुनै पनि विषयमा सम्प्रेषित भएका समाचारप्रति चित्त नुबुझे या गुनासो भए त्यसउपर प्रेस काउन्सिलमा उजुरी गर्न सकिने प्रावधान हुँदाहुँदै पत्रकारलाई पक्राउ गरी साइबर क्राइमको मुद्दा चलाएइको यो घटना प्रेस स्वतन्त्रा विपरीतको काम हो”, महासङ्घद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  ७ : १० बजे

सत्य निरुपणसम्बन्धी विधेयक स्वीकृत

काठमाडौँ – प्रतिनिधिसभाबाट ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा

सवारी दुर्घटना कम गर्न ‘टाइमकार्ड’

ओखलढुङ्गा – ओखलढुङ्गामा तीव्र गतिका कारण हुने सवारी दुर्घटना न्यूनीकरणका

भोजपुर गोल्डकप : खोटाङलाई हराउँदै साविक विजेता रुपन्देही सेमिफाइनलमा प्रवेश

काठमाडौँ – भोजपुरमा जारी जिल्लाकै प्रतिष्ठित छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर

विभागीय मन्त्रीलाई सात दिनभित्र जवाफ दिन रुलिङ

सुर्खेत – कर्णाली प्रदेशका सभामुख नन्दा गुरुङले प्रदेशसभा सदस्यले सभामा

एकै स्थानमा भेटियो नौ वटा बेवारिसे बम

काठमाडाैँ –  पूर्वी नवलपरासीको विनयीत्रिवेणी गाउँपालिका–५ को भेडी गाउँमा बेवारिसे