डोटीमा उत्पादित अदुवा बिक्री नभएपछि किसान मर्कामा « Khabarhub

डोटीमा उत्पादित अदुवा बिक्री नभएपछि किसान मर्कामा


१२ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- डोटीमा उत्पादित अदुवा बिक्री नभएपछि किसान मर्कामा परेका छन् । जोरायल, बोगटान फुड्सिल र बडीकेदार गाउँपालिकाका रनुकाँडा, बयालगाउ, लाना केदारेश्वर छेडा, घागल मानाकापडी, टीमुट्टलगायतका किसानले उत्पादन गरेको अदुवाले बजार पाउन सकेको छैन ।

अदुवा उत्पादनमा गत वर्षको तुलनामा यस वर्ष चार प्रतिशतले वृद्धि भए पनि उचित मूल्य र बजारीकरण नभएका कारण किसान मारमा परेका हुन् । गतवर्ष व्यापारीले अदुवा प्रतिकिलो ५० देखि ६० रुपैयाँका दरले खरिद गरेका थिए । यस वर्ष किसान प्रतिकिलो ३० देखि ४० रुपैयाँसम्ममा बिक्री गर्न बाध्य छन् ।

भारतीय व्यापारी नआउँदा अदुवाले उचित मूल्य पाउन छाडेको बडीकेदार गाउँपालिका–४ रनुकाँडा सुनौलो किरण कृषक समूहका अध्यक्ष नरेन्द्रबहादुर ताडीले बताए । गत वर्ष आफूले रु ५० हजार हात पारेको तर यस वर्ष २५ हजारको पनि अदुवा बिक्री गर्न नसकेको उनले जानकारी दिए । सरकारको ‘एक गाउँ, एक उत्पादन’ कार्यक्रमअन्तर्गत जिल्लाको मुख्य नगदे बालीका रुपमा स्थापित अदुवा खेतीको प्रवर्द्धन गर्दै आए पनि नेपालमा प्रशोधन केन्द्र नहुँदा भारतीय व्यापारीको भर पर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।

किसानका समस्यालाई ध्यानमा राखेर अदुवा प्रशोधन केन्द्र स्थापनाका लागि पहल गरिरहेको बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरव साउदले बताए । साथै किसानले उत्पादन गरेको अदुवाको बजारीकरणका लागि सहजीकरण गर्न पालिका सरकार लागि परेको उनको भनाइ छ । सरकारले ‘एक गाउँ एक उत्पादन’ कार्यक्रमअन्तर्गत उद्योग वाणिज्य सङ्घको अगुवाइमा जिल्लाको मुख्य नगदे बालीका रुपमा स्थापित अदुवा खेतीको प्रवर्द्धन गर्दै आएको छ ।

जिल्लाको दक्षिण क्षेत्र अदुवा उत्पादनका दृष्टिले महत्वपूर्ण मानिन्छ । यस क्षेत्रमा वार्षिक दुई सय क्विन्टलभन्दा बढीको अदुवा उत्पादन हुने बताइएको छ । जिल्लाको बोगटान फुड्सिल, बडीकेदार र जोरायल गाउँपालिका अदुवा उत्पादन पकेट क्षेत्रको रुपमा छनोट गरीएको कृर्षि ज्ञानकेन्द्र डोटीका प्रमुख नरेन्द्र पनेरुले बताए । उनले स्थानीय सरकारसँग सहकार्य गरेर अदुवाको बजारीकारण गर्न पहल भइरहेको पनि बताए ।

गत वर्ष यस जिल्लामा सात सय २० हेक्टर क्षेत्रफलमा अदुवा खेती गरिएमा १३ हजार दुई सय ११ मेट्रिक टन उत्पादन भएको थियो । यस वर्ष आठ सय ४५ हेक्टरमा अदुवा खेती गरिएकामा १४ हजार मेट्रिकटन अदुवा उत्पादन भएको जिल्ला कृषि ज्ञान केन्द्र डोटीले जनाएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  ७ : ३८ बजे

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइने

ललितपुर– ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नारासहित

कस्तो आउला मौद्रिक नीति ?

काठमाडौं– नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको लागि नयाँ मौद्रिक

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

काठमाडौं- कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु व्यापक रूपमा फैलिएको छ

‘सेलिब्रटीलाई अपराध गर्न छुट हो ?’

काठमाडौं- नाबालिग तथा विभिन्न युवतीसँग अवाञ्छित संवाद गरेको स्क्रिनसट सामाजिक

लोकतन्त्र र वामपन्थी आन्दोलन सिध्याउन भदौ २३ र २४ गते प्रतिगामी षडयन्त्र भयो : ओली

काठमाडौं- पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत