मधेस प्रदेशमा सर्लाहीका चार नयाँ र चार पुराना प्रतिनिधि « Khabarhub

मधेस प्रदेशमा सर्लाहीका चार नयाँ र चार पुराना प्रतिनिधि


१२ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

सर्लाही – सर्लाहीबाट मधेस प्रदेशसभामा यस पटक केही पुराना र केही नयाँ उम्मेदवार निर्वाचित भएका छन् । जिल्लाबाट मधेस प्रदेश सरकारमा फरक दल, समुदाय, उमेर र वर्गको प्रतिनिधित्व देखिने भएको छ ।

प्रदेशसभामा प्रत्यक्ष निर्वाचित आठसहित मधेस प्रदेशका आठवटै जिल्लाबाट ६४ र समानुपातिक ४३ गरी जम्मा एक सय सातजना प्रदेशसभा सदस्य निर्वाचित हुनेछन् । विसं २०७४ मा भएको निर्वाचनमा निर्वाचित केही प्रदेशसभा सदस्यहरू यस पटक पनि पुनः दोहोरिएको छ भने पहिलो अनुभव लिनेको सङ्ख्या पनि उल्लेख्य छ ।

मधेस प्रदेश सरकारका महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंह, प्रदेशसभा सदस्य उपेन्द्र महतो, बेची लुङ्गेली र सञ्जय यादव यस पटक प्रदेशसभामा दोहोरिएका छन् भने जङ्गीलाल राय, कौशल किशोर राय, फकिरा महतो र जवाहरलाल कुशवाह यस पटक नयाँ निर्वाचित हुनुभएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ ।

जिल्ला निर्वाचन कार्यालय सर्लाहीका अनुसार प्रतिनिधिसभातर्फ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य रामप्रकाश चौधरी नयाँ निर्वाचित हुनुभएको हो भने प्रदेशसभा सदस्यमा क्षेत्र नं २ (१) बाट जङ्गीलाल र २ बाट कौशलकिशोर, क्षेत्र नं ३ को प्रदेशसभा (१)बाट जवाहरलाल कुशवाह र क्षेत्र नं ४ को प्रदेशसभा २ बाट फकिरा महतो नयाँ अनुहार निर्वाचित भएका हुन् ।

क्षेत्र नं १ को (१) बाट लोकतान्त्रिक समाजपवादी पार्टी (लोसपा)का उपेन्द्र, २ बाट नेकपा (एकीकृत समाजवादी) पार्टीबाट बेची, क्षेत्र नं ३ (२) बाट जनता समाजवादी पार्टी (जसपा)का सञ्जयकुमार र क्षेत्र नं ४(१) बाट नेपाली कांग्रेसका वीरेन्द्रप्रसाद प्रदेशसभामा पुनः निर्वाचित भएका जिल्ला निर्वाचन कार्यालय सर्लाहीका कार्यालय प्रमुख निर्मल पोख्रेलले जानकारी दिए ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  ९ : २८ बजे

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

चितवन – खैरहनीमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई

विपक्षी खेलाडीको टाउकोमा झापड हानेपछि लियोनल मेसीलाई जरिवाना

काठमाडौं- विपक्षी खेलाडीलाई झापड हानेपछि मेजर लिग सकरमा इन्टर मियामीका

जनकपुरका पोखरी अतिक्रमण हटाउन डोजर, घरटहरा हटाउने अभियान सुरु

जनकपुरधाम- जनकपुरधामका पोखरी तथा गुठीको जग्गा अतिक्रमण गरी बनाइएका घर

गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’

गुल्मी– गुल्मीको धुर्कोट गाउँपालिकाले ऐतिहासिक धुर्कोटकोट र बुढीकोटलाई जोड्ने गरी

कांग्रेसका मतभेद पार्टी कार्यालयमै संवादबाट समाधान गर्नुपर्छ : उपसभापति शर्मा

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र देखिएका समस्या र