खोटाङका २२ मध्ये १६ उम्मेदवारको जमानत जफत « Khabarhub

खोटाङका २२ मध्ये १६ उम्मेदवारको जमानत जफत


१२ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

खोटाङ – प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा खोटाङका १६ उम्मेदवारको जमानत जफत भएको छ । मतदानमा खसेको कुल सदर मतको १० प्रतिशत मत ल्याउन नसकेकामा प्रतिनिधिसभातर्फ ६ जना र प्रदेशसभातर्फ १२ उम्मेदवारको जमानत जफत भएको हो ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रतिनिधिसभा सदस्यको जनही १० हजार र प्रदेशसभा सदस्यको जनही पाँच हजार जमानत जफत भएको हो ।

प्रतिनिधिसभातर्फका आठ उम्मेदवारमध्ये राप्रपाका सर्जु श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीका भोजराज बस्नेत, आमूल परिवर्तन मसिहा पार्टी नेपालका चन्द्रमणि राई, स्वतन्त्रका जयन्द्रकुमार राई, जनता समाजवादी पार्टीका कृष्णकुमार राई र मंगोल नेशनल अर्गनाइजेसनका दिपक मगरको जमानत जफल भएको हो । कुल सदर मतको १० प्रतिशत मत ल्याउन नसक्दा मनोनयन दर्ताका क्रममा धरौटी वापत राखेको १० हजार रकम जफत भएको जिल्ला निर्वाचन अधिकारी राजेश गौतमले बताए ।

प्रतिनिधिसभातर्फ कुल ६४ हजार ४२२ सदर मत खसेको थियो । जमानत जोगाउनका लागि उनीहरुले कम्तीमा छ हजार ४४३ मत ल्याउनुपथ्र्यो । प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्रका रामकुमार राई र एमालेका बिशाल भट्टराईको मात्र जमानत जोगिएको छ ।

यस्तै, आठ उम्मेदवार रहेको प्रदेशसभा क मा नेपाल कम्यूनिष्ट पार्टीका पदमप्रसाद आचार्य, नेपाल मजदुर किसान पार्टीका केशव राई, जनता समाजवादी पार्टीका राकेश राई, स्वतन्त्रका कुमारप्रसाद भट्टराई, स्वतन्त्र उम्मेदवार धर्मराज पोखरेल र मंगोल नेशनल अर्गनाइजेसनका प्रयाग राईको जमानत जफत भएको हो । ३२ हजार ३९० सदर मत खसेको प्रदेशसभा ९क०मा उनीहरुले कम्तीमा तीन हजार २३९ मत प्राप्त गरेको भए जमानत जफत हुनबाट जोगिन्थ्यो । प्रदेश कमा एमालेका पाँचकर्ण राई र नेकपाका बिरवलकाजी राईको मात्र जमानत जोगिएको छ ।

छ जना उम्मेदवार रहेको प्रदेशसभा खमा नेपाल मजदुर किसान पार्टीका ध्यानप्रसाद ढकाल, जनता समाजवादीका प्रेमकुमार राई, खम्बुवान राष्ट्रिय मोर्चाका सुवास राई र मंगोल नेशनल अर्गनाइजेसनका विमला राईको जमानत जफत भएको छ । प्रदेश खमा कांग्रेसका भूपेन्द्र राई र एमालेका रामप्रसाद दंगालको मात्र जमानत जोगिएको छ । कुल ३५ हजार ३८१ सदर मत खसेको प्रदेश खमा जमानत जोगाउन कम्तीमा तीन हजार ५३९ मत आवश्यक थियो ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  १० : १८ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल