प्रधानमन्त्रीमा गगनको दाबी अप्राकृतिक र असान्दर्भिक : किशोरसिंह राठौर | Khabarhub Khabarhub

प्रधानमन्त्रीमा गगनको दाबी अप्राकृतिक र असान्दर्भिक : किशोरसिंह राठौर


१२ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

बाँके- कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले गगन थापाले प्रधानमन्त्रीमा दाबी गर्नु अप्राकृतिक भएको बताएका छन् । प्रतिनिधिसभा बाँके क्षेत्र नं ३ बाट विजयी भएपछि पत्रकारहरुसँग कुराकानी गर्दै राठौरले पार्टीभित्र छलफल नै नगरी प्रधानमन्त्रीको दाबी गर्दै हिँड्नु अप्राकृतिक र असान्दर्भिक हुने बताए।

महामन्त्री गगन थापाप्रति लक्षित गर्दै उनले भने, ‘महामन्त्रीद्वयजस्तै म पनि युवा हुँ। अझ उहाँहरूभन्दा म सिनियर पनि हुँ। निर्वाचनको मतपरिणाम नआउँदै प्रधानमन्त्रीको दाबी गर्दै हिँड्न सुहाउँदैन। यो सरासर गलत छ।

युवालाई नै प्रधानमन्त्री बनाउने भए पनि पार्टीमा छलफल र बहस चलाउनुपर्ने उनको धारणा थियो। ‘महामन्त्रीद्वय थापा र शर्माजीलाई कांग्रेसले पार्टी बनाउने जिम्मेवारी सुम्पेको छ। पहिले उहाँहरूले पार्टीलाई राम्रो बनाएर देखाउनुपर्यो। अनि मात्र हामीले उहाँहरूलाई विश्वास गर्ने ठाउँ रहन्छ,’ उनले भने, ‘सिनियरलाई पाखा लगाएर जुनियरले दाबी गर्न सुहाउँदैन। प्रधानमन्त्रीका लागि म पनि सक्षम छु, तर अहिले नै दाबी गर्ने पक्षमा म छैन।’

सहमहामन्त्री राठौरले संविधान रक्षा र अधिकार स्थापित गर्न गठबन्धन आवश्यक रहेको औँल्याए। उनले सत्ता प्राप्तिका लागि कांग्रेसले गठबन्धन नगरेको दाबी गरे।

‘सत्तामा जाने प्रमुख विषय अहिले होइन, अहिले संविधानको रक्षा गर्दै प्राप्त उपलब्धिलाई संस्थागत गर्ने वेला हो। संविधानको रक्षा र प्राप्त उपलब्धिको रक्षाका लागि गठबन्धन आवश्यक छ,’ राठौरले भने।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  ११ : १७ बजे

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल

नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : योगेश भट्टराई

डेनमार्क – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस