बागमती प्रदेशसभाका जेष्ठ सदस्य ढुङ्गानाको शपथ आज | Khabarhub Khabarhub

बागमती प्रदेशसभाका जेष्ठ सदस्य ढुङ्गानाको शपथ आज


१३ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नुवाकोट निर्वाचन क्षेत्र २ (१) बाट बागमती प्रदेशसभामा निर्वाचित नेकपा माओवादी केन्द्रका सांसद रामप्रसाद ढुङ्गानाले आज प्रदेशको जेष्ठ सदस्यको रुपमा शपथ गर्दैछन् ।

संवैधानिक व्यवस्थाअनुसार प्रदेशसभामा सभामुख र उपसभामुख निर्वाचित नहुँदासम्म जेष्ठ सदस्यले सभाको अध्यक्षता गर्नेछन् । सोहीअनुसार ढुङ्गानालेदिउँसो २ बजे हेटौंडा–१० स्थित प्रदेश प्रमुखको कार्यालय हुटौंडामा जेष्ठ सदस्यको शपथ लिने कार्यक्रम राखिएको छ। उनलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथ गराउने छन् ।

उनले शपथ ग्रहण गरेपश्चात सभाका अन्य सांसदलाई पुस १४ गते बिहीबार शपथ ग्रहण गराउने छन् ।

प्रदेशसभाको अधिवेशन पहिलो बैठक बसेको १५ दिन भित्र सभामुख र उपसभामुखको निर्वाचन सम्पन्न गरिसक्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  ९ : २५ बजे

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ