सिराहामा लागूऔषधसहित चार जना पक्राउ | Khabarhub Khabarhub

सिराहामा लागूऔषधसहित चार जना पक्राउ


१३ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

सिराहा– सिराहामा प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित चारजना युवाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको गोलबजार नगरपालिका ६ डोहटीयामा प्रतिबन्धित लागूऔषध बिक्री गरिरहेको अवस्थामा ५.५सय ४ मिलिग्राम ब्राउन सुगरसहित चारजना युवाहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

गोप्य सूचनाको आधारमा लागूऔषध ब्यूरो काठमाडौं र इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले गोलबजार-६ को ३० वर्षीय दिपकुमार महरा, २५ वर्षीय पंकजकुमार महतो, वर्ष २० को शिरिल महरा र २५ वर्षीय संजय मोचीको साथबाट सेतो प्लास्टिकको स-सानो पोका बनाएको ७ थान ५.५४० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालयका प्रमुख ‘इन्सपेक्टर’ राजु केसीले जनाएको छ ।

पक्राउ परेका चारैजनाको साथबाट डिजिटल तराजु, विभिन्न दरका दुई हजार भारतीय रुपैयाँ, तीन हजार नेपाली रुपैयाँ र तीन थान मोबाइल बरामद गरिएको इन्स्पेक्टर केसीले बताए। पक्राउ गरिएका उपर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  १२ : ५२ बजे

समानुपातिकको बन्दसूचीमा नाम रहेको व्यक्ति राष्ट्रियसभाको उम्मेदवार बन्न नपाउने

काठमाडौं – प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन प्रणाली

अर्थ मन्त्रालय भन्छ- ‘सडक बत्तीको महसुल बक्यौता सम्बन्धित पालिकाबाटै उठाउनु’

काठमाडौं – अर्थ मन्त्रालयले सडक बत्तीको महसुल बक्यौता सम्बन्धित पालिकाबाटै

कर्णाली नदीमा २ सय ४८ किलोमिटर र्‍याफ्टिङ दौड प्रतिस्पर्धा हुने

काठमाडौं ‍- अन्तर्राष्ट्रिय स्तरको सवैभन्दा लामो र्‍याफ्टिङ दौड प्रतिस्पर्धा ‘द

अफवाह फैलाउने युट्युबसहित थप १८ मिडिया कारबाहीमा

काठमाडौं- प्रेस काउन्सिल नेपालले दर्ता/सूचीकृत नभई अफवाहपूर्ण सामग्री सम्प्रेषण गर्ने

हेलिकोप्टरमार्फत् गर्भवती र सुत्केरीको उद्धार हुँदा सहज

किमाथाङ्का- राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट गर्भवती र सुत्केरीको उद्धारमा सहज