अलैंची उत्पादनमा वृद्धि, किसानलाई राहत « Khabarhub

अलैंची उत्पादनमा वृद्धि, किसानलाई राहत


१३ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

खोटाङ– चालु आर्थिक वर्षमा खोटाङमा अलैंची उत्पादन वृद्धि भएको छ । आर्थिक वर्ष २०७९-८० मा यहाँको एक हजार ६४ हेक्टर क्षेत्रफलमा अलैँची लगाइएको र यसबाट ६१० मेट्रिक टन उत्पादन भएको छ । खोटाङमा आर्थिक वर्ष २०७८-०७९ मा ५८५ मेट्रिक टन अलैँची उत्पादन भएको थियो । अघिल्लो वर्ष ०.५५ उत्पादकत्व रहेको जिल्लामा चालु आर्थिक वर्ष अलैँचीको उत्पादकत्व ०.५७ पुगेको जिल्ला कृषि ज्ञान केन्द्र खोटाङका कृषि प्रसार अधिकृत सञ्जयकुमार पण्डितले बताए । 

चालु आर्थिक वर्ष पुरानो बगानमा अलैँची उत्पादन घटे पनि नयाँ बगानमा बढेको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ । मौसम अनुकूल हुँदा र रोगको प्रकोप कम भएका कारण अलैँचीको उत्पादन बढेको कृषि प्रसार अधिकृत पण्डितले बताए । जिल्लामा अलैँची खेतीका लागि योग्य एक हजार दुई हेक्टर जमिनमध्ये एक हजार ६४ हेक्टरमा खेती लगाउने गरिएको छ । जिल्लामा आर्थिक वर्ष २०७७-०७८ मा ७८७.३६ मेट्रिक टन, आर्थिक वर्ष २०७६-०७७ मा ५४२ मेट्रिक टन र आर्थिक वर्ष २०७५-०७६ मा ५४० मेट्रिक टन अलैंची उत्पादन भएको थियो । 

उत्पादित अधिकांश अलैँची सरदर प्रतिमन ३०-३५ हजारका दरले निकासी भइसकेको छ भने कतिपय निकासीको चरणमा रहेको छ । कतिपय किसान अलैँचीको बजारभाउ बढ्ने र त्यही मौकामा बिक्री गर्ने प्रतीक्षामा छन् ।

भण्डारणमा राखेको अलैँचीको भाउ निरन्तर ओरालो लाग्दा कुनै समय प्रतिमन एक लाखसम्ममा अलैँची बिक्री गरेका किसान अहिले निरास छन् । जिल्लामा उत्पादित अलैँची धरान र झापाको बिर्तामोड, भारत हुँदै अन्य देशमा पुग्ने गरेको छ । अलैँची खरिदका लागि ठेकेदार ट्याक्टर लिएर किसानका घर घरमा पुग्ने गरेका छन् । 

खेर गएको भिरालो, सेपिलो, ओसिलो र छहारी भएको जमिनमा उत्पादन हुने अलैँची निकासीबाट हरेक वर्ष जिल्लामा करोडौं रकम भित्रिने गरेको छ । कतिपय एउटै वडाबाट समेत करोडभन्दा बढिको अलैँची निकासी हुने गरेको छ । अलैँचीको दाना वा बेर्ना बिक्रीबाट सयौं किसानको आर्थिक स्थितिमा परिवर्तन आएको छ । अलैँची खेतीबाटै मन लागेको खाने, लाउने र बस्ने हैसियत बनाएका छन् ।

अलैँचीकै आम्दानीका कारण कतिपयले आलुलाई सहरबजारमै स्थापित गराएका छन् । तर, हालसम्म कुनै पनि स्थानीय सरकारले अलैँची किसानमैत्री नीतिक तथा कार्यक्रम ल्याउन नसकेको गुनासो छ । अन्य खेती मासेर अलैँची खेतीमा लागेका किसानको उत्साह जगाउनका लागि सरकारले अलैँचीको बजारभाउ तोक्नेदेखि निर्यातको जिम्मा लिनुपर्ने केपिलासगढी गाउँपालिका-३ बासपानी छिप्रुङका किसान ध्रुवराज राईले बताए । 

केही वर्षयता अलैँचीको भाउ निरन्तर ओरालो लागे पनि यसको खेतीप्रति किसानको आकर्षण भने घटेको छैन । केही रोपनी जग्गाबाट अलैँची खेती सुरु गरेका किसानले वर्षेनी अलैँची खेतीको क्षेत्र बिस्तार गरिरहेका छन् । धान उत्पादन हुने उर्वर सिमसारे खेतमा समेत हिजोआज अलैँचीको बोट झुल्न थालेका छन् । भाउ घट्दा पनि अन्य खाद्य बालीको तुलनामा अलैँचीकै आम्दानी बढि हुने गरेको किसान बताउँछन् । 

मसला, जडीबुटी तथा औषधिकारुपमा प्रयोग गरिने अलैँचीको खेती जिल्लाको ६४ वडाको विभिन्न जग्गामा गर्न सकिने सम्भावना छ । थोरै लगानीमा छिटो र बढि आम्दानी लिन सकिने भएकाले दशक यता जिल्लाका कृषक अलैंचीतर्फ आकर्षित हुँदै गएको रूपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका किसान हात्तीराम राईले बताए । ‘अलैँचीको आम्दानीसँग अन्य बालीनालीको आम्दानी तुलना हुनै सक्दैन,’ उनले भने, ‘भाउ नपाउँदा पनि किसानका लागि अलैँचीकै आम्दानी बढी हुन जान्छ ।’ किसानमा अलैँचीको खेती गर्ने विधि, बेर्ना रोप्ने, गोडमेल गर्ने, टिप्ने, सुकाउने र भण्डारण गर्ने उपयुक्त विधिको ज्ञानको अभाव भने खड्किएको पाइएको छ । 

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  २ : २१ बजे

मुस्ताङबाट गाडी भित्रिँदा भेटिएन समस्या, रसुवातिर भने कैफियत

काठमाडौँ । मुस्ताङबाट भित्रिएका विद्युतीय सवारीसाधन नियमसंगत भएको र रसुवाका

इजरायल र हेज्बुल्लाहबीच युद्धविराम सहमति

काठमाडौँ । इजरायल र लेबनानको हेज्बुल्लाहबिच युद्धविराममा सहमति भएको छ।

रास्वपाको महाधिवेशन तयारी तीव्र

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनलाई

एरिकाले जितिन् कास्य

काठमाडौँ । एरिका गुरुङले २२औँ सिनियर एसियाली कराते प्रतियोगितामा शुक्रबार

एक हजार ३२९ मोटरसाइकल कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोडिफाइ गरी ठूलो