एमाले कर्णाली प्रदेशसभा दलको नेतामा कँडेल चयन  | Khabarhub Khabarhub

एमाले कर्णाली प्रदेशसभा दलको नेतामा कँडेल चयन 


१३ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

कर्णाली– नेकपा (एमाले) कर्णाली प्रदेशसभा दलको नेतामा यामलाल कँडेल चयन भएका छन्। एमाले कर्णाली प्रदेश समितिको आज बसेको बैठकले कँडेललाई सर्वसम्मतिमा दलको नेतामा चयन गरेको हो ।

 संसदीय दलको नेतामा सुर्खेत क्षेत्र नं २ (१) बाट निर्वाचित प्रदेशसभा सदस्य कँडेलसँगै दैलेख क्षेत्र २ (२) बाट निर्वाचित प्रदेशसभा सदस्य एवं एमाले कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाहको दाबी थियो । 

आफूले दाबी छोडेपछि कँडेल सर्वसम्मत दलको नेतामा चयन भएको अध्यक्ष शाहले जानकारी दिए । नेता कँडेल विसं २०७४ मा पनि प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । हाल उनी एमालेको स्थायी कमिटी सदस्य र कर्णाली प्रदेश इन्चार्ज हुन् । 

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  ५ : ५२ बजे

पत्रकार पाठक काठमाडौं अदालतमा उपस्थित, न्यायाधीश भट्टको इजलासमा बयान

काठमाडौं– पत्रकार दिलभूषण पाठक जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका छन्

मलेसियाले नेपाललाई दियो ९१ रनको चुनौती, अभयले लिए चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

लोकल काँक्रोको मूल्य प्रतिकेजी ७० रुपैयाँ, काउलीको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

हेटौँडा– बागमती प्रदेशसभाको बैठक आज (बिहीबार) बिहान ११ बजे बस्दैछ

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।