एमाले कर्णाली प्रदेशसभा दलको नेतामा कँडेल चयन  « Khabarhub

एमाले कर्णाली प्रदेशसभा दलको नेतामा कँडेल चयन 


१३ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

कर्णाली– नेकपा (एमाले) कर्णाली प्रदेशसभा दलको नेतामा यामलाल कँडेल चयन भएका छन्। एमाले कर्णाली प्रदेश समितिको आज बसेको बैठकले कँडेललाई सर्वसम्मतिमा दलको नेतामा चयन गरेको हो ।

 संसदीय दलको नेतामा सुर्खेत क्षेत्र नं २ (१) बाट निर्वाचित प्रदेशसभा सदस्य कँडेलसँगै दैलेख क्षेत्र २ (२) बाट निर्वाचित प्रदेशसभा सदस्य एवं एमाले कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाहको दाबी थियो । 

आफूले दाबी छोडेपछि कँडेल सर्वसम्मत दलको नेतामा चयन भएको अध्यक्ष शाहले जानकारी दिए । नेता कँडेल विसं २०७४ मा पनि प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । हाल उनी एमालेको स्थायी कमिटी सदस्य र कर्णाली प्रदेश इन्चार्ज हुन् । 

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  ५ : ५२ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल