भैँसीपालनबाट मनग्य आम्दानी | Khabarhub Khabarhub

भैँसीपालनबाट मनग्य आम्दानी


१३ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

दमौली- तनहुँको म्याग्दे गाउँपालिका-४ का  कृषक समीक्षा श्रेष्ठले भैँसीपालनबाट मनग्य आम्दानी गरेका छन् । ‘विदेश गएर पसिना बगाउनुभन्दा देशमै श्रम गर्दा आत्मसन्तुष्टि मिल्छ,’ उनले भने, ‘विदेशमा जत्ति काम स्वदेशमै गर्न सके यहीँ मनग्य आम्दानी हुन्छ ।’

बंकबाट ऋण काढेर भैँसीपालन सुरु गरेका किसान श्रेष्ठले भैसीपालनबाट मनग्य आम्दानी हुन थालेपछि स्वदेशमै सन्तुष्ट रहेको बताए। असिम भैसीफार्मका सञ्चालक उनले मासिक ५० हजार बचत गर्दै आएका छन् । उनले आठ रोपनी जग्गा भाडामा लिएर भैँसी पालिरहेका छन् । प्रति भैसी दुई लाख ५० हजारका दरले छ  भैँसी खरिद गरेर व्यवसाय सुरु गरेका उनले भने, ‘विदेशमा गएर श्रम गर्नुभन्दा घरपरिवारका साथ व्यवसाय सुरु गर्दा आनन्द आएको छ ।’

आखिर जहाँ गएपनि श्रम गर्नुपर्ने जनाउँदै उनले देशमै केही गरौं भन्ने मनसायबाट पशुपालनतर्फ लागेको बताए । ‘स्वदेशमा बसेर के गर्ने भन्ने सोचिरहेको थिएँ, पशुपालनमा राम्रो सम्भावना छ भन्ने सबैको सल्लाहपछि भैसीपालनलाई अगाडी बढाएको छु,’ उनले भने । उनको भैँसीफार्ममा अहिले १३ वटा भैसी छन् । 

भैँसीका लागि आवश्यक घाँसका लागि उनले जग्गा भाडामा लिएका छन् । उनका अनुसार हालसम्म करिब ३० लाख लगानी भएको छ । भैँसीफार्मबाट दैनिक ४० लिटर दूध उत्पादन हुने गरेको छ । दूध विक्रीका लागि बजारको समस्या नरहेको किसान श्रेष्ठ बताउँछन्।  ‘दूधले राम्रो बजार पाइरहेको छ, बजार पाइएन भनेर कहिल्यै चिन्तित हुनपरेको छैन,’ उनले भने , ‘स्थानीय थर्पु बजार तथा आसपासमा दूध विक्री भइरहेको छ ।’ बजार सानो भएपनि दूध विक्रीका लागि समस्या नहुँदा खुशी लागेको उनले बताए ।

मासिक ५० हजार बचतले घरपरिवार राम्रोसँग चलेको श्रेष्ठ बताउँछन् । ‘सबै खर्च कटाएर मासिक ५० हजार कमाउँछु, यति रकमले घरखर्च चलाउन सहयोग पुगेको छ,’उनले भने, ‘व्यवसायलाई विस्तार गर्ने सोच बनाएको छु ।’

उनले हालसम्म कुनै पनि सङ्घसंस्थाबाट अनुदान लिनुभएको छैन । ‘म्याग्दे गाउँपालिकाले हालैमात्र पशुपालन गरिरहेका कृषकलाई लक्षित गरी सूचना जारी गरेको थियो, अनुदान उपलब्ध गराउने भन्ने बारेको सूचना प्रकाशित भएपछि गाउँपालिकामा निवेदन दिएको छु,’ उनले भने, ‘अनुदानबापत प्राप्त हुने रकम भैसीपालनमै खर्चिन्छु ।’

पशुपालनका लागि स्थानीय सरकारले देखाएको चासोले थप प्रोत्साहन जागेको भन्दै किसान श्रेष्ठले यस्ता कार्यक्रमले व्यवसायमा टिकिराख्न सहयोग पुग्ने उल्लेख गरे । म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले युवाहरू विदेश नगई स्वदेशमै व्यवसाय गर्दा आत्मनिर्भर बन्न सहयोग पुग्ने बताए । ‘युवाहरु उत्पादनमा जोडिनुपर्छ, व्यवसाय प्रवर्द्धनका लागि पालिका सहयोग गर्न तयार छ,’ उनले भने। 

म्याग्दे गाउँपालिकाले कृषकलाई पशुपालनतर्फ लाग्न प्रोत्साहन गर्न अनुदानको नीति अवलम्बन गरेको छ । पशुपालन गरिरहेका कृषकलाई प्रोत्साहन गर्न गाउँपालिकाले अनुदान वितरणको नीति अगाडि सारेको हो । गाउँपालिकाले व्यावसायिक कृषकका लागि चालु आर्थिक वर्षमा बोका वितरणका लागि तीन लाख ५० हजार, च्यापकटर वितरणका लागि एक लाख, गोठ खोर निर्माणका लागि रु चार लाख, लोकल कुखुरा वितरणका लागि एक लाख बजेट विनियोजन गरेको उपाध्यक्ष बालकृष्ण घिमिरेले जानकारी दिए । 

‘व्यावसायिक रुपमा पशुपालन गरिरहेका कृषकलाई पशुपालनमै टिकाइराख्न अनुदान नीति गाउँसभाबाट पारित भएर बजेट विनियोजन भइसकेको छ,’ उनले भने, ‘अनुदान लिन चाहने कृषकसँग निवेदन माग गरेका छौ ।’उनका अनुसार कृषकहरूले गाउँपालिकामा निवेदन दिएकामा निवेदन दिएका कृषकहरुको फार्म अनुगमन सुरु गरिएको छ । 

नवदुर्गा कृषि फर्मका सञ्चालक युवराज शाहीले बैंकबाट ऋण लिएर व्यवसाय गरेपनि बजारको व्यवस्थापन नभएको गुनासो गरे। ‘व्यावसायिक रुपमा पशुपालन गरिरहेका कृषकले अनुदान पाइरहेका छैनन्, यसतर्फ पालिकाले ध्यान दिनुपर्छ,’ उनले भने । व्यावसायिक रुपमा पशुपालन गरिरहेका कृषक पहिचान गरी अनुदान उपलब्ध गराइने गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए । ‘अनुदानका लागि धेरै जनाको आवेदन परेको हुँदा वास्तविक कृषकको पहिचानका लागि फर्म अनुगमन सुरु गरेका छौ,’ श्रेष्ठले भने ।

तनहुँको बन्दीपुर गाउँपालिकाको ग्रामीण वडामा पशु सेवा सम्पर्क कार्यालय स्थापना गरिएको छ । ग्रामीण भेगका जनतालाई नजिकबाटै पशु सम्बन्धी सेवा दिने उद्देश्य सहित गाउँपालिकाले वडा नम्बर ६ को धरमपानीमा सम्पर्क कार्यालय स्थापना गरेको हो । तत्कालीन पशु सेवा कार्यालयको अधिकृत बस्ने सेवा केन्द्रलाई पशु सेवा केन्द्रको रुपमा स्थापना गरिएको गाउँपालिकाका पशु शाखा प्रमुख मधु न्यौपानेले जानकारी दिए । तीन-चार वर्षदेखि खाली रहेको उक्त भवनलाई गाउँपालिकाले पुनः प्रयोगमा ल्याएको उनले बताए । 

गाउँमै पशु सेवा शाखा स्थापनापछि कृषकलाई सहज भएको छ । यसले गर्दा पशुवस्तु बिरामी पर्दा उपचारका लागि बन्दीपुर बजारसम्म ल्याउनुपर्ने बाध्यताको अन्त्य भएको छ । सम्पर्क कार्यालयमा एक जना प्राविधिक राखिएको छ । कृषिको पनि सँगै कार्यालय खोलेर प्राविधिक राख्ने तयारी भइरहेको छ ।’गाउँमा पशु शाखा नहुँदा पशुवस्तु बिरामी हुँदा उपचारका लागि कृषक घण्टौ यात्रा गरेर बन्दीपुर आउनुपथ्र्यो, सम्पर्क कार्यालय खुलेपछि गाउँमै पशुवस्तुको उपचार सुरु भइसकेको छ,’ उनले भने । 

गाउँपालिकामा पशुपालन गर्ने कृषकको सङ्ख्या बढेसँगै नयाँ बाख्रा पकेट क्षेत्र समेत विस्तार भएको छ । वडा नम्बर १ र २ मा बाख्रा पकेट क्षेत्र लागु भएको छ । चालु आर्थिक वर्षमा वडा नम्बर ६ मा बाख्रा पकेट कार्यक्रम विस्तार गरिने न्यौपानेले बताए । त्यसका लागि रु १५ लाख बजेट विनियोजन गरिएको छ । 

‘भौगोलिक रुपमा पिछडिएको धरमपानीमा बाख्रा र तरकारीको हब बनाउने लक्ष्य छ,’ उनले भने, ‘पशुपालन र तरकारीबाट कृषकलाई आत्मनिर्भर बनाउने गाउँपालिकाको सोच हो ।’ स्थानीय कृषक मिन गुरुङले गाउँमै पशु सेवाको सम्पर्क कार्यालय खुलेपछि कृषकलाई सहज भएको बताए। ‘एक-दुई घण्टा लगाएर पशुवस्तुको उपचार गर्न जानुपर्दा समस्या थियो, अहिले गाउँमै कृषकले सहज रुपमा सेवा पाएका छन्,’ उनले भने। 

गाउँपालिकाले वडा नम्बर १, ५ र ६ मा पशु प्राविधिक राखेर सेवा दिइरहेको छ । अब वडा नम्बर २ र ३ मा पनि प्राविधिक राख्ने तयारी भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  ६ : ५७ बजे

लखनउलाई सात विकेटले पराजित गर्दै राजस्थान १६ अंकसहित आईपिएलको शीर्ष स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख १६ गते आइतबार तदनुसार

आज २०८१ साल वैशाख १६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १६ गते आइतबार तदनुसार

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको