पेलेको स्वास्थ्य अवस्था गम्भीर « Khabarhub

पेलेको स्वास्थ्य अवस्था गम्भीर


१३ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ब्राजिलका महान् फुटबलर एड्सन आरान्तेज डो नासिमेन्टो अर्थात् पेलेको स्वास्थ्य अवस्था गम्भीर बनेको छ ।

विश्वविख्यात ८२ वर्षीय पूर्वखेलाडी ब्राजिलको साओ पाउलो सहरस्थित इस्राएलिता अल्बर्ट आइन्स्टाइन अस्पतालमा जीवनका लागि सङ्घर्ष गरिरहेका स्पेनी प्रकाशन एल स्पानोलले जनाएको छ । “पेले अझै अस्पतालमा छन्, डर बढ्दै गएको छ,” एल स्पानोलले उनको पछिल्लो स्वास्थ्यस्थिती अद्यावधिक गर्दै लेखेको छ ।

चिकित्सकहरूले गत हप्ताको प्रारम्भमा तीन पटक विश्वकप विजेता पेलेको क्यान्सर बढेको तथा उनी मिर्गौला र मुटुसँग सम्बन्धित समस्याबाट पीडित भएका र उच्च रेखदेखमा रहेका बताएको थियो । त्यसपछि उनको स्वास्थ्यस्थितिबारे अस्पतालले केही बताएको छैन ।

सन् २०२१ को सेप्टेम्बरमा ‘कोलोन ट्युमर’ हटाइएपछि त्यो उनका अन्य अङ्गमा फैलियो वा फैलिएन भन्नेबारेमा परिवारका सदस्य र अस्पतालले केही जानकारी दिएका छैनन् । गत नोभेम्बर २९ मा अस्पताल भर्ना भएका उनी कोभिड–१९ बाट समेत पीडित भएका एल स्पानोलले जनाएको छ ।

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  ८ : २४ बजे

ट्रम्पद्वारा इरानको युद्धविराम प्रस्ताव अस्वीकार, पुनः आक्रमणको दाबी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अघि सारेको युद्धविराम

साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी

रियाद– यमनका हुथी विद्रोहीले साउदी अरबमाथि आक्रमण तीव्र पारेपछि साउदी

वाग्मती सफाइ महाअभियान ६९८ औँ हप्तामा

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

पर्सामा विपद् सम्बन्धी जानकारी दिन जनचेतनामूलक कार्यक्रम

वीरगञ्ज– विपद्को समयमा सुरक्षित रहने उपायबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले

युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप जटिल बनाउने पुटिनको चेतावनी

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका उत्तेजक तथा तनाव बढाउने