छिमेकी मुलुकमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट बढी सङ्क्रामक « Khabarhub

छिमेकी मुलुकमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट बढी सङ्क्रामक


१३ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- छिमेकी मुलुक चीन र भारतमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट छोटो समयमा नै धेरै व्यक्तिमा सङ्क्रमण गर्ने खालको रहेको बताइएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले छिमेकी मुलुक चीन र भारतमा देखिएको ‘वि एफ ७’ नामक प्रजातिको नयाँ भेरियन्ट चाँडै नै अरुमा सार्ने खालको रहेको जनाएको छ । मन्त्रालयकै इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले अध्ययनअनुसार कोरोना भाइरसको अरु प्रजातिभन्दा यसले धेरै मानिसममा सङ्क्रमण सार्ने बताए ।

उनका अनुसार ‘वि एफ ७’ ले अरु भेरियन्टभन्दा तीन–चारगुणा बढी सङ्क्रमण सार्ने गर्दछ । “चीन र भारतमा यस किसिमको नयाँ भेरियन्ट फैलिरहेको छ । भारतमा पाँच जनामा देखिएको छ”, उनले भने, “भारतमा देखिएकाले हामीले सतर्कता अपनाउनुपर्दछ ।”

नेपालमा भने ‘वि एफ ७’ नामको नयाँ भेरियन्ट अझै फेला नपरेको मन्त्रालयले जनाएको छ । एक महिनामा देशका विभिन्न ठाउँबाट सङ्कलन गरिएको ४८ नमुनाको जिन सिक्वेन्सिन गर्दा ‘वि एफ ७’ नामक प्रजातिको भेरियन्ट फेला नपरेको हो ।

मन्त्रालयले नयाँ भेरियन्टको जोखिम हुन नदिनका लागि नेपाल–भारत सीमानाका र अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आउने यात्रुको ज्वरो नाप्ने, शङ्कास्पद व्यक्तिको एन्टिजेन परीक्षण र जीन सिक्वेन्सिङ गर्ने कार्य गरिरहेको छ ।

नेपालमा अहिले कोरोना भाइरसको सङ्क्रमण घट्दै गइरहेको छ । हिजो पुस ११ गते एक जनालाई मात्र सङ्क्रमण देखिएको थियो । अहिले सक्रिय सङ्क्रमित १० जना मात्र रहेका छन् ।

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  ९ : ४८ बजे

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्

कांग्रेस सभापति थापाले लिए शपथ

काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको

लिग २ : क्यानडाद्वारा नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा क्यानडाले नेपालसामु

सेनाको विपद् प्रतिकार्य : समन्वय र सहकार्यको उत्कृष्ट संयोजन

काठमाडौं–  नेपाली सेनाले भोटेकोशी बाढीपछि  विपद्का घटनामा गरिएको खोज, उद्धार