राप्रपा सरकारमा सहभागी हुने « Khabarhub

राप्रपा सरकारमा सहभागी हुने


१३ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारमा सहभागी हुने भएको छ । पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको सभापतित्वमा आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारमा सहभागी भएर हिन्दू राष्ट्रलगायत आफ्ना मुद्दा स्थापित गर्न भूमिका निर्वाह गर्ने निर्णय गरेको हो ।

धुम्बाराहीस्थित पार्टी कार्यालयमा बसेको बैठकले सरकारमा सहभागी राजनीतिक दलका न्यूनतम साझा कार्यक्रमको अध्ययन गरेपछि मात्र पार्टी सरकारमा सहभागी हुने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

बैठकले पछिल्लो परिस्थितिमा विकास भएको राजनीतिक अवस्थामा पार्टी सरकारमा सहभागी हुने वा नहुने, पार्टीले अवलम्बन गरेका वैचारिक दृष्टिकोण, राजनीतिक आदर्श तथा राजनीतिक विषयवस्तुलाई स्थापित गर्न निर्वाह गर्नुपर्ने भूमिकाबारे छलफल गरिएको भएपनि अधिकांश नेताले सरकारमा सहभागी हुनुपर्ने सुझाव दिएपछि सरकारमा जाने निर्णय गरेको हो ।

यही पुस १० गते नयाँ सरकार गठनका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको गठबन्धनलाई समर्थन गरे पनि राप्रपाले सरकारमा सहभागी नहुने जनाएको थियो । पार्टीका तर्फबाट प्रतिनिधिसभामा १४ सदस्य छन् ।

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  ९ : ४२ बजे

एन्फा र क्लबबीचको विवादले राष्ट्रिय टोलीको प्रशिक्षण स्थगित

काठमाडौँ– नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण स्थगित भएको छ

पनौतीमा हिलेजात्रा : जात्रा सकिएपछि मात्र रोपाइँ

काभ्रे – काभ्रेपलाञ्चोकको पनौतीमा आज जेष्ठ त्रयोदशीदेखि हिलेजात्रा (ज्याःपुन्ही) सुरु

लिभरपुलका विलक्षण प्रतिभा

खेलमा १-० ले पछि परेको लिभरपुल अस्टन भिल्लासँग पराजित भएको

एमालेको सचिवालय बैठक बस्दै, केन्द्रीय सदस्यको कार्यबिभाजन गरिने

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक आज

प्रचण्ड पुग्नु अघि महाकालेश्वर मूल प्रवेशद्वार नै भत्कियो  

उज्जैन – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मध्यप्रदेशको उज्जैनस्थित प्रसिद्ध महाकालेश्वर