ठमेलका अव्यवस्थित तार हटाइयो | Khabarhub Khabarhub

ठमेलका अव्यवस्थित तार हटाइयो


१३ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलभित्र गुजुल्टिएर अव्यवस्थित रुपमा रहेको तार हटाइएको छ ।

ठमेल पर्यटन विकास परिषद्ले नेपाल विद्युत् प्राधिकरण र केबल तथा इन्टरनेट सेवा प्रदायक कम्पनी प्रदायकसँगको सहकार्यमा अव्यस्थित रुपमा टाँगिएका विद्युत, केबल टेलिभिजन, इन्टरनेट, टेलिफोनका तार तथा उपकरण व्यवस्थापन गरेको हो ।

परिषद्का उपाध्यक्ष सहदेव धमलाले ठमेल क्षेत्रलाई सुन्दर बनाउन अव्यवस्थित रहेका तारहरूलाई हटाउने र व्यवस्थापन गर्ने कार्य अभियानकैरूपमा सञ्चालन गरिएको जानकारी दिए ।

उनले विद्युतीय खम्बा प्रयोग गरी अव्यवस्थित तरिकाले तानिएको र प्रयोगमा नरहेका अनावश्यक अप्टिकल फाइबर, केबल खम्बामा जथाभावी झुन्ड्याइएका उपकरणका कारण पर्यटकीय क्षेत्र ठमेल कुरुप बनेको भन्दै हटाइएको बताए ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाल, ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्मालगायतको टोलीले आज ठमेल क्षेत्रमा तार व्यवस्थापनका लागि भइरहेको कामको अनुगमनसमेत गरेको छ ।

अनुगमनका क्रममा कार्यकारी निर्देशक घिसिङले विद्युतको नाङ्गो तारलाई फेर्ने, बाङ्गो र मक्किएका खम्बा हटाएर राम्रा खम्बा राखी ठमेललाई सफा र सुन्दर बनाउने अभियानमा साथ दिइने बताए । उनले काठमाडौँ उपत्यका पोखरा र भरतपुरमा विद्युतीय संरचनालाई भूमिगत बनाउने काम भइरहेको जानकारी दिए ।

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  ९ : ५० बजे

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ