देउवालाई कारवाही गर्नुपर्छ भन्नु गलत : कांग्रेस नेता डा. कोइराला « Khabarhub

देउवालाई कारवाही गर्नुपर्छ भन्नु गलत : कांग्रेस नेता डा. कोइराला


१३ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई कारवाही गर्नुपर्छ भन्नु गलत हुने बताएका छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता डा. कोइरालाले देउवालगायतलाई कारवाही गर्नुपर्छ भन्न नहुनेमा जोड दिए ।

डा. कोइरालाले कांग्रेसको साथ छाडेर एमालेसँग मिलेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गठबन्धनको मर्म नबुझेको आरोप समेत लगाए ।

उनले सबैभन्दा ठूलो पार्टीको हिसाबमा कांग्रेसले प्रधानमन्त्रीमा दाबी गर्नु स्वभाविक भएको पनि उल्लेख गरे । यद्यपि राष्ट्रपति लिएर सहमती गर्न गरेको भएपनि हुने भन्दै उनले गठबन्धनमा कांग्रेसका तर्फबाट पनि चुक भएको उनले औँल्याए ।

पछिल्लो राजनीतिक घटनाक्रमबारे आगामी पुस २२ गते डाकिएको पार्टीको केन्द्रीय समितिको बैठकमा समीक्षा हुने उनको भनाइ छ ।

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  १० : ०० बजे

सुनकोशी नदीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार