मध्यरातदेखि लागू भएको आदेशमा के छ ? (पूर्णपाठ) « Khabarhub

मध्यरातदेखि लागू भएको आदेशमा के छ ? (पूर्णपाठ)

सार्वजनिक सवारी साधनमा जोरबिजोर हट्यो


१५ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – शनिबार मध्यरातदेखि काठमाडौँ उपत्यकामा कोरोना रोकथाम तथा नियन्त्रणका लागि नयाँ नियम लागू भएको छ। शुक्रबार सीसीएमसीसीको सिफारिस अनुसार उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयले शुक्रबार राति १२ बजेबाट लागू हुने गरी नयाँ आदेश जारी गरेका हुन्।

उपत्यकाका सीडीओले सार्वजनिक सवारी साधनमा जोरबिजोर प्रणाली हटठाउनेलगायत महत्वपूर्ण निर्णय गरेको छ। यो नियम निजी सवारी र ट्याक्सीमा भने लागू हुनेछैन। अझै पनि निजी सवारी साधन र ट्याक्सीले जोरबिजोर प्रणाली अनुसार चल्नुपर्नेछ।

शुक्रबार नै कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले सार्वजनिक सवारी साधनमा जोरबिजोर प्रणाली हटाउन सरकारलाई सिफारिस गरेको थियो।

बैठकले विद्यालय, विश्वविद्यालय, ट्युसन सेन्टर लगायत शैक्षिक संस्था माघ मसान्तसम्म भौतिक उपस्थितिमा सञ्चालन गर्न नदिने निर्णय गरेको छ।

सबै प्रकारका आमसभा, सभा, भेला, मेलालगायतका बढी भिडभाड हुने स्थानहरु बन्द गर्न आदेश गरिए पनि पूर्वनिर्धारित अन्तर्राष्ट्रिय स्तरको खेलकुद प्रतियोगिताको हकमा भने दर्शकविहिन वा सीमित दर्शक राखी सञ्चालन गर्न सकिने छ।

बैठकले व्यापार व्यवसाय सञ्चालनको हकमा भने अग्रपङ्क्ति काउन्टरमा काम गर्नेले हप्ताको २ पटक एन्टिजेन परीक्षण गर्नुपर्ने निर्णय गरेको छ।

लामो दुरीमा यात्रा गर्ने यात्रुहरुको हकमा सकेसम्म एन्टिजेन परीक्षण गराउने, बाटोमा यात्रु नचढाउने गरी यात्रुको विवरण डिसिसिएमसीलाई बुझाउनुपर्ने निर्णय भएको छ।

बैठकका निर्णय :

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  ५ : ३३ बजे

सशस्त्र प्रहरीका ६ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस

काठमाडौं – गृह मन्त्रालयले सशस्त्र प्रहरी बल (एपीएफ)का ६ जना

तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ

काठमाडौ – केन्द्रीय अनुसन्धान ब्यूरोले तत्कालीन किष्ट बैङ्क घोटाला प्रकरणमा

भीषण कन्स्ट्रक्सनका सञ्चालक टंककुमार पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले भीषण कन्स्ट्रक्सनका सञ्चालक

निजामती विधेयकको मस्यौदा : मिश्रित संरचना, दुई वर्ष ‘कुलिङ पिरियड’, राजनीतिक संलग्नता देखिए सेवाबाट बर्खास्ती

काठमाडौं – सरकारले सङ्घीय निजामती सेवा विधेयकको मस्यौदाका सम्बन्धमा सुझाव