मरिसससँग नेपालले घरेलु मैदानमा मैत्रीपूर्ण खेल खेल्दै « Khabarhub

मरिसससँग नेपालले घरेलु मैदानमा मैत्रीपूर्ण खेल खेल्दै


१५ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल र पश्चिम अफ्रिकी देश मरिससबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल आज हुने भएको छ ।

दुई देशबीचको दुईमध्ये पहिलो मैत्रीपूर्ण खेल बेलुकी पौने ५ बजे दशरथ रंगशालामा सुरु हुनेछ।

मैत्रीपूर्ण खेलअघि शुक्रबार एन्फा कम्प्लेक्स सातदोवाटोमा भएको प्री म्याच कन्फ्रेन्समा दुवै टोलीले जीतको लक्ष्यका साथ मैदान उत्रने बताएका छन् ।

नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरन चेम्जोङले मरिससविरुद्धको मैत्रीपूर्ण खेलमा छुट्टै अनुभव हुने बताए । नेपालका सहायक प्रशिक्षक किरण श्रेष्ठले पहिलो खेलका लागि नेपालले सबै तयारी पुरा गरिसकेको भन्दै नेपालले पहिलाको गल्तीलाई सुधारेर प्रदर्शन गर्ने बताएका छन् ।

त्यस्तै मरिसस फुटबल टोलीका प्रशिक्षक टोनी फ्रान्कोइसले पनि नेपालविरुद्धको मैत्रीपूर्ण खेलमा राम्रो प्रदर्शन गर्ने अपेक्षा रहेको बताए ।

कोरोना महामारीका बीच स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी दर्शकसहित अन्तर्राष्ट्रिय फुटबलको आयोजनाका लागि अखिल नेपाल फुटबल संघ एन्फाले तयारी पूरा गरेको छ ।

करिव १५ हजार दर्शक क्षमताको दशरथ रंगशालामा बढीमा ५ हजार दर्शकले प्रवेश पाउनेछन् । मोरिसससंगको दोस्रो खेल मंगलबार हुने छ।

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  ७ : १८ बजे

भालुको पित्त र हात्तीको दाह्रासहित तीनजना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्त र हात्तीको दाह्रासहित

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६

आज २०८३ साल असोज २१ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २१ गते बुधबार सन्

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका