तुलसीले गर्छ शुभ–अशुभ घटनाको संकेत | Khabarhub Khabarhub

तुलसीले गर्छ शुभ–अशुभ घटनाको संकेत


१५ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हिन्दु धर्ममा तुलसीको बिरुवालाई शुभ मानिन्छ । विष्णुको प्रिय र माता लक्ष्मीको अंश मानिने तुलसी धर्म र ज्योतिषका अलावा वास्तु शास्त्रमा पनि महत्त्वपूर्ण मानिन्छ ।

जुन घरमा तुलसीको वास हुन्छ, दैनिक पूजा गरिन्छ त्यहाँ सुख–समृद्धि रहने वास्तुको मान्यता छ । यस अलावा तुलसीले वातावरणमा सकारात्मकता समेत ल्याउने धार्मिक विश्वास छ । तर तुलसीको बारेमा केही नियम भने पालना गर्नु पर्ने हुन्छ ।

– तुलसीलाई कहिल्यै पनि फोहोर हातले छुनु हुँदैन ।
– जुत्ता चप्पल लगाएर पनि तुलसी छुन नहुने धार्मिक मान्यता छ ।
– पवित्र मानिने भएकाले तुलसीलाई नुहाएर शुद्ध भएर मात्र छुनु पर्ने धार्मिक मान्यता छ ।
– यस्तै आइतबार र एकादशीमा तुलसीलाई पानी चढाउन नहुने धार्मिक मान्यता छ ।
– साथै हरेक साँझ तुलसीको बोट मुनी दियो बाल्नु पर्ने मान्यता छ ।

घरमा तुलसीको बिरुवा भए यसले घरका सदस्यको मात्र नभइ अन्य कैयौँ संकटबाट समेत बचाउने धार्मिक मान्यता छ । साथै तुलसीले भविष्यमा हुने शुभ–अशुभ घटनाको संकेत दिने समेत विश्वास गरिन्छ । तुलसीको बिरुवामा अचानक आएका परिवर्तन यसका संकेत हुन् ।

क) तुलसीको बोट मरे
घरको तुलसी अचानक मरेमा भविष्यमा समस्या आउने संकेत मानिन्छ । तसर्थ यस्तो भएमा तुरुन्तै मरेको तुलसी बोट उखेलेर नयाँ रोपी भगवान विष्णुको आराधना गर्नु पर्दछ ।

ख) नयाँ बिरुवा सुकेमा
यदि घरमा तुलसीको नयाँ बिरुवा रोपेको २ दिनमै सुकेमा यो पितृदोषको संकेत मानिन्छ । पितृ दोषका कारण घरमा झगडा हुने मान्यता रहकाले यी दुवै संकेत देखिए तत्काल पितृदोष निवारणको उपाय गर्नु पर्दछ ।

ग) तुलसी अचानक हरियो भएर आए
तुलसीको बिरुवा अचानक बढे वा हराभरा भएर आए यसलाई शुभ मानिन्छ । यसले सुखद घटनाको पूर्व संकेत दिने धार्मिक विश्वास छ ।

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  ६ : ०९ बजे

बस दुर्घटनामा घाइते भएका सहचालकको मृत्यु

गुल्मी – गुल्मीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको

नेपालद्वारा भोलक्यानोजलाई १८० रनको लक्ष्य

काठमाडौं – विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो

संसद्को तनावले झन् बढ्यो सत्तापक्ष र प्रतिपक्षबीच दूरी

काठमाडाैं-  सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोप लागेका उपप्रधान तथा

जयनगर–जनकपुर–भङ्गहा रेल सेवा तीन दिन बन्द हुने

जलेश्वर – भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि

राष्ट्रिय खुल्ला हाफ म्याराथनको उपाधि राजन रोक्कालाई

काठमाडौं – राष्ट्रिय खुल्ला हाफ म्याराथन तथा रोड रेस प्रतियोगिताको