मनाङमा बुस्टर खोप « Khabarhub

मनाङमा बुस्टर खोप


१५ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- मनाङमा कोभिड-१९ विरुद्धको ‘बुस्टर’ खोप अभियान सञ्चालन भइरहेको छ । कोभिशिल्ड र भेरोसेलको दोस्रो मात्रा लगाएर ६ महिना पूरा भएका नागरिकका लागि बुस्टर खोप लगाउने कार्यक्रम सञ्चालन गरिएको स्वास्थ्य कार्यालय मनाङले जनाएको छ ।

मनाङमा कोभिशिल्ड र भेरोसेल खोप उपलब्ध भएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले बताए । उनका अनुसार प्राथमिकतामा पर्ने सुरक्षाकर्मी, ज्येष्ठ नागरिक, विभिन्न बिरामी साथै अन्य सर्वसाधारणलाई पनि बुस्टर खोप लगाउन थालिएको छ ।

आचार्यका अनुसार प्राथमिकतामा पर्ने सँगै अन्य नागरिकलाई पनि बुस्टर खोप लगाउन थालिएको हो। मनाङमा १८ वर्षभन्दा माथिका सबैले कोरोनाविरुद्धको पहिलो र दोस्रो मात्राको खोप लगाइसकेका छन। पहिलो र दोस्रो खोपको मात्राको खोप लगाइसकेका ४ हजार ३ सय ९९ जना रहेको उनले बताए।

उनका अनुसार यसअघि चामे गाउँपालिकामा बुस्टर खोप लगाउन सुरु गरिएकोमा तल्लो क्षेत्रको नासों गाउँपालिकामा आइतबारदेखि बुस्टर खोप लगाउन थालिएको छ। माथिल्लो मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा माघ २० बाट लगाउने तयारी छ।

नार्पाभूमि गाउँपालिकामा चिसोका कारण सबैजना काठमाडौं, पोखरा, बेंसीसहर झरेकाले फागुनमा मात्रै बुस्टर खोप लगाउने कार्यक्रम तयार भएको छ। मनाङ सबैभन्दा पहिलो कोरोनाविरुद्धको पूर्ण खोपयुक्त जिल्ला हो । ०७७ माघ महिनामा १८ वर्षमाथिका उमेर समूहका मनाङ जिल्लावासीले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।

प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जिल्लामा कोरोनाको खोपलाई प्राथमिकतामा राखिएको बताए ।

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  ८ : १९ बजे

इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृतलाई मुक्त गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत

संसद्का जेष्ठ सदस्य केसीको शपथ बुधबार

काठमाडौँ – प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको शपथ ग्रहण यही

करेन्ट लागेर रौतहटमा ८४ वर्षीया वृद्धाको मृत्यु

रौतहट- रौतहटमा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ। गुजरा

‘इन्टरनेट सेवामा थप शुल्क नलाग्ने’

काठमाडौँ – महान्यायाधिवक्ताको कार्यालयले फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवामा उपभोक्तामाथि थप

कांग्रेस केन्द्रीय कार्यसमितिले के-के गर्‍यो निर्णय ?

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाद्वारा