खेलक्षेत्रको विकास गर्न संघसंस्थासँगको सहकार्य र साझेदारीमा जोड « Khabarhub

खेलक्षेत्रको विकास गर्न संघसंस्थासँगको सहकार्य र साझेदारीमा जोड


१५ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – युवा तथा खेलकुद मन्त्रालयले मुलुकको खेलक्षेत्रको विकास र विस्तारका लागि खेलकुदका राष्ट्रिय संघसंस्थासँगको सहकार्य, समन्वय, साझेदारी र व्यावसायिकतामा जोड दिन लागेको छ । खेल क्षेत्रमा लगानी, संस्कृति विकास, प्रतियोगिता सञ्चालन, पूर्वाधार निर्माणमा सहकार्य र साझेदारी बढाउन मन्त्रालयले त्यस्ता संघसंस्थालाई थप क्रियाशील बनाउन लागेको हो ।

खेलकुदलाई व्यावसायिक बनाई यस क्षेत्रको विकासका आयामलाई अघि बढाउन यस क्षेत्रका विभिन्न संघसंस्थाको भूमिका निकै महत्वपूर्ण रहने युवा तथा खेलकुद मन्त्रालयका सचिव डा दामोदर रेग्मी बताउँछन्। विज्ञको समूह र असल खेल व्यस्थापनको अनुभव हुने भएकाले खेलकुदको एकीकृत विकास त्यस्ता संस्थाबाट होस भन्ने हेतुले विभिन्न संघसंस्थालाई प्रवर्द्धन गर्दै व्यवस्थापन र गुणस्तर बढाउन मन्त्रालय अघि सरेको जानकारी दिइएको छ।

नेपालको समग्र खेलकुद विकासमा विभिन्न संघसंस्था र निकायहरु क्रियाशील छन् । खेल क्षेत्रको विकासका लागि नीति निर्माण र सहजिकरणको भूमिका मन्त्रालयले गरेको छ भने कार्यान्वयनको पाटोमा खेलकुदसम्बन्धी सरकारी र यससँग आवद्ध विभिन्न खेलका संघसंस्था क्रियाशील छन् ।

खेलक्षेत्रको प्रमुख विषय भनेको गुणस्तरीय खेलाडी उत्पादन, पूर्वाधार निर्माण र प्रतियोगिता सञ्चालन नै भएको सचिव रेग्मी बताउँछन्। खेल क्षेत्रको विकास र विस्तारका लागि राज्यले खेलकुदको आधारक्षेत्र विद्यालयसँग सहकार्य गर्न पर्ने टड्कारो आवश्यकता देखिएको छ ।

खेल भन्नासाथ व्यक्तिको इच्छा जागृत हुनुपर्ने भएकाले राज्यले विद्यालयस्तरबाटै आकर्षण र प्रोत्साहन हुने विभिन्न कार्यक्रम घोषणा गर्न आवश्यक रहेको पौडी खेलका प्रशिक्षक एवम् पूर्व च्याम्पिएन नयना शाक्य बताउँछन् । खेललाई व्यवसायमा रुपान्तरण गर्दै खेल विधाबाटै खेलाडीको जीवनयापन सहज हुने वातावरण बनाउन राज्य र खेलसम्बन्धी विभिन्न संघसंस्थाले ध्यान पुर्‍याउन सक्नुपर्ने उनको भनाइ छ ।

पछिल्ला समयमा खेल क्षेत्रको विकास र विस्तारको मूल दायित्वबाट विमुख भई नेतृत्व हात पार्ने होडबाजीमा मात्र केन्द्रित भएको खेलकुदका संघ संस्थाका नेतृत्वमाथि आरोप लाग्ने गरेको छ । अधिकांश खेलसम्बन्धी विभिन्न संघका नियमित साधारण सभा तथा कार्यक्रम हुन नसकेको हुँदा आन्तरिक लोकतान्त्रिक अभ्यासको आवश्यकता महशुस भएको छ । यद्यपी मुलुकको खेल क्षेत्रको उन्नयनमा खेलसँग सम्बन्धित संघ संस्थाले खेलाडीको क्षमता वृद्धि र प्रतियोगिता प्रवर्द्धनका कार्यक्रम गर्दै आएका छन् ।

राष्ट्रिय खेलकुद परिषद्मा २०६ वटा खेलकुदका राष्ट्रिय सघसंस्था दर्ता रहेकामा ती मध्ये २५ वटा खारेजीमा परेको मन्त्रालयले जनाएको छ । खेल खेल्ने स्थान विशेष, प्रतिस्पर्धीको संख्या आधार, खेलिने मौसम, सामग्री वा अन्य कलाजस्ता विषयअनुरुप खेल संघसंस्थालाई वर्गीकरणा गरिँदै आएको छ ।

नेपालमा इन्डोर खेलसँग सम्बन्धित १३५, आउटडोरका ३७ र एसोसिएटका नौ खेल संघ छन् । ती मध्ये टीममा खेलिने १४ र व्यक्तिगत खेलका १६७ रहेको सचिव रेग्मीले जानकारी दिए । बल खेलसँग सम्बन्धीत २५, मार्सल आर्टका ९४, परम्परागत खेलका १७, एसोसिएटसका ९ र अन्य खेलका ३६ वटा रहेको जानकारी दिइएको छ । मुलुकमा हाल नवीकरण भएका १०३, नवीकरण नभएका ५४, तदर्थ संघ २४ र खारेजी भएका संघसंस्था २५ रहेको मन्त्रालयले जनाएको छ ।

देशमा क्रियाशील रहेका १८१ खेलसंस्था मध्ये १२४ले पछिल्ला आवमा साधारणसभा सम्पन्न गरेका तथा ३१ वटाले नगरेको बताइएको छ । ती मध्ये १४८ खेल संस्थाले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेका छन् । पन्ध्र परम्परागत तथा अन्य विधाका खेल संघ नेपालमा सुरु भई राष्ट्रिय खेलकुद परिषदमा दर्ता भइ क्रियाशील रहेका पाइयो । खेलकुदको माध्यमबाट शारीरिक, मानसिक, बौद्धिक विकास गर्दै नैतिकवान, अनुशासित र मर्यादित समाज निर्माण गरी यसलाई रोजगारमूलक तथा व्यवसायकारुपमा समेत स्थापित गर्न स्थानीय तहदेखि नै खेलसम्बन्धी कार्यक्रम सञ्चालन गरिँदै आएको छ ।

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  ११ : ३१ बजे

रविविरुद्धका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणका मुद्दा फिर्ता लिने निर्णयप्रति युवा संघको आपत्ति 

काठमाडौं– एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा सङ्घ नेपालले सरकारले राष्ट्रिय स्वतन्त्र

कांग्रेस देउवा पक्षका नेताहरू बैठकका लागि सानेपामा (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय समिति बैठक सुरु

प्राकृतिक सुन्दरताले भरिएको ‘मकालु पदमार्ग’ (तस्बिरहरू)

सङ्खुवासभा– प्राकृतिक सौन्दर्यको अवलोकन गर्दै ध्यान मग्न भएर शान्त पदमार्गमा

जेष्ठ प्राध्यापक अमात्य र थापाललाई ‘तीर्थानन्द वैद्य मेमोरियल लाइफ टाइम एचिभमेन्ट अवार्ड’

काठमाडौं– नेशनल बाथरोग सेन्टर र बद्री तीर्थ आर्थराइटिस समाजले दुई

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज