सेवा सहज बनाउन पूर्वाधारण निर्माण « Khabarhub

सेवा सहज बनाउन पूर्वाधारण निर्माण


१५ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल – स्थानीय निकायको सेवालाई सहज र छरितो बनाउन पूर्वाधारण निर्माणमा जोड दिन थालिएको छ । सेवा प्रभावकारी र सहज बनाउन बुटवल उपमहानगरपालिकामा धमाधम वडा कार्यालय निर्माण र पुनःनिर्माण हुन थालेको छ । बुटवलको दीपनगरमा पुनःनिर्माण र मर्मतसम्भार गरेर वडाको संरचना नयाँ स्वरुपको बनाइएको छ । वडा नं ७ को पुनःनिर्माण गरिएको भवनबाट सेवा सुरु भएको छ ।

उपमहानगरका प्रमुख शिवराज सुवेदीले पुनःनिर्माण भएको भवनको शुभारम्भ गर्दै वडाबाट हुने सेवालाई सहज, छरितो र प्रभावकारी बनाउन आग्रह गरे । टोलस्तरबाट छलफल भएर वडास्तरका र वडाबाट छलफल भएर नगरस्तरका योजना बनेका र छलफलबाट नगरको सहरी विकास गुरुयोजना तय भएको उनको भनाइ थियो । वडाध्यक्ष कमलप्रताप थापाले आफूहरु नागरिकका लागि सेवक भएर र वडालाई सेवा केन्द्रका रुपमा विकास गरेर सेवा प्रवाह गरिरहेको र अब अझ प्रभावकारी सेवा गर्ने प्रतिवद्धता जनाए ।

करिब रु ३२ लाखमा सो वडा भवन पुनःनिर्माण भएर सेवा सुरु गरिएको वडाका सचिव राजु लामिछानेले जानकारी दिए । माथिल्लो ट्रससहित दुई तला, आठ कोठा तथा पार्किङसहितको उक्त नयाँ भवन साविकको दीप प्राविको खाली रहेको भवनलाई पुनःनिर्माण गरी बनाइएको हो ।

त्यस्तै उपमहानगरको वडा नम्बर ८ को नयाँ भवन निर्माण प्रक्रिया सुरु भएको छ । सडक डिभिजन परिसरमा रहेका पुराना र जीर्ण कर्मचारी आवासलाई हटाएर नयाँ आवासगृह निर्माण गर्न लागिएको हो । त्यसका लागि जग्गा प्राप्ति भएको छ । करिब रु ४८ लाखमा प्रतिपरिवार चार कोठासहितको छ आवास गृह र एउटा योग हल निर्माण हुने गरी जग्गा हस्तान्तरण गरिएको वडा ८ का अध्यक्ष भीमबहादुर श्रेष्ठले जानकारी दिए।

सहरको बीच भागमा र धेरै जनघनत्व रहेको वडाका रुपमा रहेको वडा नं ८ को व्यवस्थित र आधुनिक नयाँ भवन निर्माण हुने छ । वडा कार्यालयका लागि आवश्यक जग्गा भोगाधिकारसहित उपमहानगर मातहतमा आइसकेको बताइएको छ । जम्मा १९ वडा रहेको बुटवल उप महानगरपालिकामा यसअघि वडा नं १० को भवन निर्माण भएको छ र वडा नं २ को पनि पुनःनिर्माण हुने तयारीमा छ ।

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  १२ : १० बजे

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै…

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज

६ महिनामा बागमती सरकारको पुँजीगत खर्च ८ दशमलव ९९ प्रतिशत मात्र

बागमती– बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष (आव) २०८२–०८३ को

उम्मेदवारको सिफारिसबाट आफ्नो नाम हटाइदिन कांग्रेस नेता खड्काको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारको

रास्वपा केन्द्रीय समिति बैठक आइतबारलाई आह्वान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक आह्वान

निर्वाचन प्रहरीका लागि मागअनुसार निवेदन नपरेपछि समय थपियो

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि