एक घर एक धारा अभियानपछि तरकारी खेती « Khabarhub

एक घर एक धारा अभियानपछि तरकारी खेती


१५ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ – खानेपानी समस्या रहेको देवघाट गाउँपालिका–२ ब्यागनमा एक घर एक धारा अभियानले स्थानीयको जीवनयापन सहज बनाएको छ।

जिल्लाको दुर्गम भनेर चिनिने देवघाट गाउँपालिकाको ब्यागनमा एक घर एक धारा अभियान सम्पन्न भएपछि यहाँबाट विस्थापित भएका झण्डै एक दर्जन मानिस गाउँ फर्किएको वडाध्यक्ष पोलबहादुर आलेले जानकारी दिए । उनले भने, ‘विकासले मानिसलाई यति धेरै प्रभावित बनाउँदो रहेछ ।’

गण्डकी प्रदेश सरकारको रु.एक करोड ५८ लाख आर्थिक सहयोगमा दुर्गम बस्तीमा उक्त अभियान सम्पन्न भएको हो । कुँवाको एक गाग्री पानी भर्न कठिनाई भोग्नुपर्ने उक्त क्षेत्रमा घरघरमा पानीको धारा जडान गरेपछि स्थानीयलाई निकै सहज भएको छ ।

सोही वडाको छिपछिपे भञ्ज्याङ घोप्रे खोलाबाट मुल ट्याङ्कीसम्म ७ किलोमिटर टाढाबाट पानी ल्याएर वडाबासीलाई वितरण गरिएको वडाध्यक्ष आलेले जानकारी दिए। गाउँमा २४ सै घण्टा धारामा पानी आएपछि स्थानीयवासी निकै खुशी छन् । उनले भने, ‘अहिले घरघरमा पानी पुगेपछि स्थानीयवासी व्यावसायिक तरकारी खेतीतर्फ अग्रसर हुन थालेका छन् ।’

उक्त आयोजनाबाट त्यसक्षेत्रका ५२ घरधुरीका करिब ३०० मानिस लाभान्वित भएका छन् । वडाका अन्य केही बस्तीमा पनि खानेपानीको समस्या रहेको र लिफ्टीङको लागि आवश्यक पहलकदमी भैरहेको वडाध्यक्ष आलेले बताए ।

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  १२ : ०१ बजे

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६

आज २०८३ साल असोज २१ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २१ गते बुधबार सन्

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु