मधेश प्रदेशमा थप दुई जना कोरोना संक्रमितको मृत्यु « Khabarhub

मधेश प्रदेशमा थप दुई जना कोरोना संक्रमितको मृत्यु


१५ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– कोरोना संक्रमणबाट मधेश प्रदेश थप दुई जनाको मृत्यु भएको छ । विरगंजस्थित नारायणी अस्पतालमा उपचारत दुई जना संक्रमितको शनिबार बिहान मृत्यु भएको हो । योसँगै मधेश प्रदेशमा कोरोना संक्रमणले मृत्यु हुने एक हजार ५१ पुगेको स्वास्थ्य निर्देशनालय कार्यालयले जनाएको छ ।

नारायणी अस्पतालमा उपचारका लागि भर्ना भएका बारा कलैया उपमहानगरपालिका –५ की ६५ वर्षीया संक्रमित महिलाको शनिबार बिहान साढे ७ बजे मृत्यु भएको अस्पतालका कोभिड संयोजक डा. उदयनारायण सिंहले बताए ।

स्वास्थ्यमा समस्या देखिएपछि महिला शुक्रबार अस्पतालमा भर्ना भएकी थिइन् । सोही दिन एन्टिजेन विधिबाट परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो। ती महिलाले कोभिडविरुद्धको खोपको दुवै डोज लगाएकी थिइन ।

त्यसैगरी, नारायणी अस्पतालमै उपचारत वीरगन्ज महानगरपालिका–३ का ७३ वर्षीय संक्रमित पुरुषको पनि शनिवार बिहान मृत्यु भएको छ । अस्पतालको आइसियु कक्षमा भर्ना गरेर भेन्टिलेटर सपोर्टमा उपचार गर्ने क्रममा शनिबार बिहान साढे ४ बजे मृत्यु भएको अस्पतालका कोभिड संयोजक डाक्टर सिंहले जानकारी दिए । ती पुरुषले पनि कोभिड विरुद्धको खोपको दुबै डोज लगाएका थिए ।

हाल सम्म मधेश प्रदेश अन्तर्गत सप्तरीमा १५९, सिरहा १३५, धनुषा १३२, महोत्तरी ९१, सर्लाही ९३, रौतहट १२८,बारा १८०, पर्सा १३२ र एक भारतीय नागरिक गरि एक हजार ५१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतक मध्ये पुरुष ७६२ र महिला २८९ रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  १० : ३० बजे

तराईमा हुस्सु, केही भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महाराजगञ्ज वितरण केन्द्र मातहतका स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती

निर्वाचन सामग्री आपूर्तिका लागि आयोगमा १३ सेवाप्रदायक संस्था सूचीकृत

काठमाडौं– निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्रलगायतका सामग्री

कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक आज

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको