डब्लुएचओले भन्यो– कोरोनाको नयाँ स्वरुपबारे थप अध्ययन आवश्यक « Khabarhub

डब्लुएचओले भन्यो– कोरोनाको नयाँ स्वरुपबारे थप अध्ययन आवश्यक


१५ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले दक्षिण अफ्रिकामा भेटिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ‘नियोकोभ कोरोना भाइरस’ बारे थप अध्ययन आवश्यक रहेको बताएको छ।

चीनका अनुसन्धानकर्ताले दक्षिण अफ्रिकाको चमगादडोमा एक नयाँ कोरोना भाइरस फेला पारेका थिए। यो भाइरस हाल जनावरका बीचमा तीव्र रुपमा फैलिइरहेको छ।

एक अध्ययनमा शोधकर्ताहरुले यो भाइरस भविष्यमा मानिसका लागि निकै खतरनाक साबित हुन सक्ने बताएको बीबीसीले जनाएको छ ।

कोरोना भाइरस अलग–अलग किसिमको भाइरसहरूको समूह बन्ने र सामान्य रुघाखोकीदेखि गम्भीर स्वासप्रश्वास सम्बन्धी समस्या निम्त्याउन सक्ने बताइएको छ।

डब्ल्युएचओले हालै भेटिएको नियोकोभबारे जानकारी प्राप्त भएको र मानव स्वास्थ्यका लागि कति खतरनाक छ भन्नेबारे थप अनुसन्धान आवश्यक रहेको बताएको छ।

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  ५ : ४३ बजे

प्रधानमन्त्री शाहले निर्माण व्यवसायीसँग छलफल गर्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले निर्माण क्षेत्रमा देखिएका समस्या, तिनको समाधान,

कालीकोटमा कालाजारका बिरामी भेटिए

कालीकोट– हिमाली जिल्लामा पनि लामखुट्टेको टोकाइबाट लाग्ने रोगका बिरामी फेला

हर्क साम्पाङ सामाजिक सञ्जालमा किन बिर्सन्छन् हैसियत ?

सामाजिक सञ्जालमा एउटा भनाइ निकै चर्चित छ- ‘पहिले पोस्ट गर,

अपाङ्गता भएका व्यक्तिलाई आयआर्जनमूलक सामग्री वितरण

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर सुधार गर्न

ट्राफिक कारबाहीमा एकैदिन १८ लाख ६० हजार राजस्व संकलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकैदिन दुई हजार ६६ सवारीचालकलाई सवारी नियम