चुनावसँग हामी डराएका छैनौँ, जनतासमक्ष जान आतुर छौँ– माधव नेपाल (भिडियोसहित) « Khabarhub

चुनावसँग हामी डराएका छैनौँ, जनतासमक्ष जान आतुर छौँ– माधव नेपाल (भिडियोसहित)


१५ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी चुनावसँग नडराएको बताएका छन् ।

शनिबार काठमाडौँमा आयोजित पार्टी निकट निजामती कर्मचारी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले चुनावबाट आफूहरू भाग्न खोजेको भन्ने हल्ला गलत भएको बताए ।

नेता नेपालले भने, ‘चुनावसँग हामी आत्तिएका छैनौँ । चुनाव वैशाखमै हुन्छ भने पनि हामी सामना गर्न तयार छौँ । चुनाव यदि जेठमा हुन्छ भने पनि हामी सामना गर्न तयार छौँ। असारमा गर्ने हो भने सामना गर्न तयार छौँ। असोजमा गर्ने हो भने सामना गर्न तयार छौँ । स्थानीय तहको चुनाव पहिले हुन्छ भने पनि सामना गर्न तयार छौँ। केन्द्रीय चुनाव पहिले हुन्छ भने पनि सामना गर्न तयार छौँ। चुनावबाट हामी आत्तिएका छैनौँ। जनतामा जाने कुराबाट हामी अत्यन्त खुसी पनि हुन्छौँ।’

उनले आगामी चुनावसम्म सत्तारुढ गठबन्धन कायम रहने पनि दाबी उनले गरे।

 

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  ५ : ५७ बजे

महाराजगञ्ज वितरण केन्द्र मातहतका स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती

निर्वाचन सामग्री आपूर्तिका लागि आयोगमा १३ सेवाप्रदायक संस्था सूचीकृत

काठमाडौं– निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्रलगायतका सामग्री

कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक आज

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको