चुनावसँग हामी डराएका छैनौँ, जनतासमक्ष जान आतुर छौँ– माधव नेपाल (भिडियोसहित) « Khabarhub

चुनावसँग हामी डराएका छैनौँ, जनतासमक्ष जान आतुर छौँ– माधव नेपाल (भिडियोसहित)


१५ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी चुनावसँग नडराएको बताएका छन् ।

शनिबार काठमाडौँमा आयोजित पार्टी निकट निजामती कर्मचारी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले चुनावबाट आफूहरू भाग्न खोजेको भन्ने हल्ला गलत भएको बताए ।

नेता नेपालले भने, ‘चुनावसँग हामी आत्तिएका छैनौँ । चुनाव वैशाखमै हुन्छ भने पनि हामी सामना गर्न तयार छौँ । चुनाव यदि जेठमा हुन्छ भने पनि हामी सामना गर्न तयार छौँ। असारमा गर्ने हो भने सामना गर्न तयार छौँ। असोजमा गर्ने हो भने सामना गर्न तयार छौँ । स्थानीय तहको चुनाव पहिले हुन्छ भने पनि सामना गर्न तयार छौँ। केन्द्रीय चुनाव पहिले हुन्छ भने पनि सामना गर्न तयार छौँ। चुनावबाट हामी आत्तिएका छैनौँ। जनतामा जाने कुराबाट हामी अत्यन्त खुसी पनि हुन्छौँ।’

उनले आगामी चुनावसम्म सत्तारुढ गठबन्धन कायम रहने पनि दाबी उनले गरे।

 

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  ५ : ५७ बजे

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६

आज २०८३ साल असोज २१ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २१ गते बुधबार सन्

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु