राजनीति

जेठ महिनाभित्र स्थानीय तहको चुनाव गर्न गठबन्धनको सुझाव (भिडियोसहित)

By खबरहब

January 29, 2022

काठमाडौँ– सत्ता गठबन्धनले जेठ महिनाभित्र स्थानीय तहको चुनाव गराउन सरकारलाई सुझाव दिएको छ ।

आज बालुवाटारमा बसेको गठबन्धनको दोश्रो बैठकले जेठ महिनाभित्र स्थानीय चुनाव गर्न सुझाव दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् ।

गठबन्धनको बैठकको निर्णय सार्वजनिक गर्दै सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की

निर्वाचन आयोगसँगको परामर्शमा सरकारले स्थानीय तहको निर्वाचनको मिति तय गर्नेछ ।

यता, नेकपा एमालेले भने वैशाखमै चुनाव गर्न दबाब दिने उद्देश्यले कार्यक्रम घोषणाको तयारी गरेको छ ।