बार्टीले जितिन् अस्ट्रेलियन ओपनको उपाधि « Khabarhub

बार्टीले जितिन् अस्ट्रेलियन ओपनको उपाधि


१५ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यो वर्षको अस्ट्रेलियन ओपनको महिला एकल तर्फको उपाधि अस्ट्रेलियाली टेनिस खेलाडी विश्व नं. १ आस्ले बार्टीले जितेकी छिन् ।

कुनै पनि अस्ट्रेलियाली खेडालीले सन् १९७८ अर्थात् ४४ वर्ष पछि अस्ट्रेलियन ओपनको उपाधि जितेको यो पहिलो पटक हो ।

रड लाभर एरेनामा खचाखच घरेलु दर्शक माझ भएको फाइनलमा बार्टीले डानियल कोलिन्सलाई सहजै पराजित गरेकी थिइन् । बार्टीले ६–३, ७–६ ले खेल जितेर इतिहास रचिन् ।

यसअघि शुक्रबार भएको सेमिफाइनलमा बार्टीले अमेरिकी युवती म्याडिसन कीज लाई ६–१, ६–३ को सोझो सेटमा सहजै पराजित गरेकी थिइन् ।

सन् १९८० मा अस्ट्रेलियाली महिला वेन्डी टर्नबुलले अस्ट्रेलियन ओपनको फाइनलमा प्रवेश गरेयता पहिलो पटक बार्टी फाइनलमा पुगेकी थिइन् ।

शुक्रबार नै भएको अर्को सेमिफाइनल खेलमा २७औं वरियताकी अमेरिकी सुन्दरी डानियल कोलिन्सले सातौं वरियताकी इगा स्वाइटेकलाई ६–४, ६–१ को सोझो सेटमा पराजित गरेर फाइनलमा प्रवेश गरेकी थिइन् ।

पुरुष एकल तर्फको फाइनल भिडन्त भोलि आइतबार हुँदैछ । यस फाइनलमा राफायल नाडाल र डानील मेडेभेडेभ प्रवेश गरिसकेका छन् ।

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  ७ : २४ बजे

महाराजगञ्ज वितरण केन्द्र मातहतका स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती

निर्वाचन सामग्री आपूर्तिका लागि आयोगमा १३ सेवाप्रदायक संस्था सूचीकृत

काठमाडौं– निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्रलगायतका सामग्री

कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक आज

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको