बार्टीले जितिन् अस्ट्रेलियन ओपनको उपाधि « Khabarhub

बार्टीले जितिन् अस्ट्रेलियन ओपनको उपाधि


१५ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यो वर्षको अस्ट्रेलियन ओपनको महिला एकल तर्फको उपाधि अस्ट्रेलियाली टेनिस खेलाडी विश्व नं. १ आस्ले बार्टीले जितेकी छिन् ।

कुनै पनि अस्ट्रेलियाली खेडालीले सन् १९७८ अर्थात् ४४ वर्ष पछि अस्ट्रेलियन ओपनको उपाधि जितेको यो पहिलो पटक हो ।

रड लाभर एरेनामा खचाखच घरेलु दर्शक माझ भएको फाइनलमा बार्टीले डानियल कोलिन्सलाई सहजै पराजित गरेकी थिइन् । बार्टीले ६–३, ७–६ ले खेल जितेर इतिहास रचिन् ।

यसअघि शुक्रबार भएको सेमिफाइनलमा बार्टीले अमेरिकी युवती म्याडिसन कीज लाई ६–१, ६–३ को सोझो सेटमा सहजै पराजित गरेकी थिइन् ।

सन् १९८० मा अस्ट्रेलियाली महिला वेन्डी टर्नबुलले अस्ट्रेलियन ओपनको फाइनलमा प्रवेश गरेयता पहिलो पटक बार्टी फाइनलमा पुगेकी थिइन् ।

शुक्रबार नै भएको अर्को सेमिफाइनल खेलमा २७औं वरियताकी अमेरिकी सुन्दरी डानियल कोलिन्सले सातौं वरियताकी इगा स्वाइटेकलाई ६–४, ६–१ को सोझो सेटमा पराजित गरेर फाइनलमा प्रवेश गरेकी थिइन् ।

पुरुष एकल तर्फको फाइनल भिडन्त भोलि आइतबार हुँदैछ । यस फाइनलमा राफायल नाडाल र डानील मेडेभेडेभ प्रवेश गरिसकेका छन् ।

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  ७ : २४ बजे

अष्ट्रेलियामा पाँच हजार लिटिल पेन्गुइनलाई बर्ड फ्लुविरुद्ध खोप लगाइँदै

मेलबर्न- अष्ट्रेलियाको भिक्टोरिया राज्यमा एच–५ एन–१ बर्ड फ्लुको जोखिमबाट लिटिल पेन्गुइनलाई

२६ सय तल झर्यो नेप्से

काठमाडौं– साताको पहिलो दिनको सेयर कारोबारसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

सरकारलाई मनिष झाले भने : गरिबको मात्रै घरटहरा नभत्काइयोस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले जनकपुरधाममा सार्वजनिक जग्गा

ऐन महरले भने- ठक्कर दिई ब्याक गरी किचेर मार्नेलाई कडा कारबाही गरियोस् 

काठमाडौं– नेकपा (एमाले) का सांसद ऐन बहादुर महरले कैलालीको अत्तरियामा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, अर्का घाइते

महेन्द्रनगर– मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।