श्रीमतीको उपचार अभावमा काठमाडौँमा छटपटाउँदै मुगुका ७१ वर्षीय मान्ते शाही « Khabarhub

श्रीमतीको उपचार अभावमा काठमाडौँमा छटपटाउँदै मुगुका ७१ वर्षीय मान्ते शाही


१५ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मुगुको सोरु गाउँपालिका-४ फोतु गाउँका ७१ वर्षीय मान्ते शाही श्रीमती हाँसु शाहीको औषधि उपचार गर्न काठमाडौंको पाटन अस्पताल आए ।

६७ वर्षीय उनकी श्रीमती विगत पाँच वर्षदेखि दम रोगले थला पर्दै गएपछि ऋण सापट र वृद्धाभत्ता जोरजाम गरेर पहिलो पटक उनी उपचार गर्न काठमाडौं आएका हुन् ।

तर, यतिबेला उनले बोकेको पैसा सकिएको छ । आफै अरूको सहारा बन्नुपर्ने बेलामा श्रीमतीको सहारा बनिरहेका ७१ वर्षीय शाही उनको उपचारका लागि हात थापिरहेका छन् ।

गाउँबाट ऋण सापट गरी ल्याएको रकम काठमाडौं आउँदा बाटोमै सकिँदा शाहीलाई श्रीमतीको औषधि उपचार गर्न निक्कै समस्या भएको छ ।

दमकी बिमारी श्रीमती पाटन अस्पतालको बेडमा छटपटाई रहेकी छन् । उनी औषधिको जोहो गर्न अस्पतालको गेटमा छटपटाइरहेका छन् ।

‘रुपैयाँ छैन । डाक्टरले यो औषधि किन्नु पर्‍यो त्यो औषधि किन्नु पर्‍यो भन्नु हुन्छ,’ उनले भने । उनले अस्पताल बेडमा रहेकी श्रीमतीको मुख हेर्दै आँसु पुच्नु बाहेक आफूसँग अन्य विकल्प नरहेको बताएका छन् ।

उनले आफ्नै भोक मेट्नसमेत गाह्रो भइरहेको बताएका छन् । उनी बिमारी श्रीमती बोकेर गत मंसिर २३ गते घरबाट बाजुराको कोल्टी हुँदै नेपालगञ्ज पुगे । केहीदिन नेपालगञ्जमै आफन्तकोमा डेरा गरेर बसे । उनले त्यही श्रीमतीको उपचार गरे ।

काठमाडौंमा छिटो र राम्रो उपचार हुन्छ भन्ने सुनेका उनी श्रीमतीसहित काठमाडौं पुगे । उनका आफन्तले पाटन अस्पताल पुर्‍याएर भर्ना गरिदिए । तर, यतिवेला उनलाई आर्थिक अभावले श्रीमतीको उपचारमा समस्या भइरहेको छ ।

पाटन अस्पतालको तीन तलामाथि आइसियू रुमको ७ नम्बर बेडमा उनकी श्रीमतीको उपचार भइरहेको छ । वृद्ध शाहीको शरीरलाई तीनको दर्जनौं पटक तलमाथि गर्न पनि सकस छ ।

चिकित्सकले अक्सिजन दिएर उपचार गरिरहेका भए पनि शाहीलाई औषधिकै जोहो गर्न पैसाको निकै समस्या छ । काठमाडौंमा ज्यालामजदुरी गर्दै आएका उनका छोरी ज्वाइँ पनि अस्पतालमै छन् ।

उनीहरूसँग पनि पैसा छैन । भएको पैसा दिएका उनीहरूलाई पनि अब उपचार खर्च कसरी जुटाउने भन्ने समस्या छ । आमाको अवस्था नाजुक हुँदै गएपछि छोरा बृजन शाही अस्पताल पुगेका छन् । घरमा भएको पैसा बोकेर आएका उनीसँगको पैसा पनि सकिएको छ । उनले गह भर्दै अब आमालाई कसरी बचाउने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  ७ : ५९ बजे

अन्तर्राष्ट्रिय बजारमा बढेर आए पनि बढाइएन पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । अन्तरराष्ट्रिय बजारबाट बढेर आए पनि नेपालले भने यसपटक

चीनबाट दोस्रो चरणको राहत सामग्रीसँगै आइपुग्यो डीएनए परीक्षण विज्ञ टोली

काठमाडौं- चीन सरकारले नेपालका बाढी प्रभावित क्षेत्रमा सहयोगका लागि पठाएको

बाढी प्रभावित क्षेत्रको बिमा दाबी भुक्तानी सहज बनाउन अर्थमन्त्रीको निर्देशन

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको बिमा

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब निकासा

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ

सुरुङमा फसेकाको उद्धारमा विदेशी सहयोग नलिएको भन्दै कांग्रेसको आपत्ति

काठमाडौँ । नेपाली कांग्रेसले १० भदौको रसुवाको भोटेकोशीमा गएको भीषण