नेकपा एमालेसम्बद्ध जनसंगठनहरूले वैशाखमै चुनावका लागि आन्दोलन गर्ने (विज्ञप्तिसहित) « Khabarhub

नेकपा एमालेसम्बद्ध जनसंगठनहरूले वैशाखमै चुनावका लागि आन्दोलन गर्ने (विज्ञप्तिसहित)


१५ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– नेकपा एमालेसम्बद्ध जनसंगठन समन्वय संयन्त्रले वैशाखभित्रै स्थानीय तहको चुनाव गराउन सरकारलाई दबाब दिन आन्दोलन गर्ने निर्णय गरेको छ ।

भक्तपुरमा आज बसेको संयन्त्रको बैठकले ‘स्थानीय तहको चुनाव तुरुन्त गर–संविधान र लोकतन्त्रको रक्षा गर’ भन्ने नारा तय गर्दै आन्दोलनलाई अगाडि बढाउने निर्णय गरेको हो । जनप्रतिनिधिहरूको पदावधि पाँच वर्ष पुग्नुअघि चुनाव गरिसक्नुपर्ने संवैधानिक व्यवस्थालाई कार्यान्वयन गर्न संयन्त्रले माग गरेको छ ।

बैठकले वैशाखभित्रै सम्पन्न गर्ने गरी सरकारले निर्वाचनको मिति घोषणा गर्नुपर्ने निष्कर्ष निकालेको संयन्त्रका संयोजक भानुभक्त ढकालबाट जारी विज्ञप्तिमा उल्लेख छ ।

संयन्त्रमा विद्यार्थी, युवा, महिलाका गरी २२ संगठन छन् । बैठकमा जनसंगठनका इञ्चार्ज, सहइञ्चार्ज र अध्यक्षहरू सहभागी भएका थिए ।

यसअघि, आजै सत्ता गठबन्धनले जेठभित्र चुनाव गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको थियो ।

 

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  ९ : ५१ बजे

इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृतलाई मुक्त गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत

संसद्का जेष्ठ सदस्य केसीको शपथ बुधबार

काठमाडौँ – प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको शपथ ग्रहण यही

करेन्ट लागेर रौतहटमा ८४ वर्षीया वृद्धाको मृत्यु

रौतहट- रौतहटमा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ। गुजरा

‘इन्टरनेट सेवामा थप शुल्क नलाग्ने’

काठमाडौँ – महान्यायाधिवक्ताको कार्यालयले फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवामा उपभोक्तामाथि थप

कांग्रेस केन्द्रीय कार्यसमितिले के-के गर्‍यो निर्णय ?

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाद्वारा